प्रधानमन्त्री ओलीले सिंगापुरबाटै मन्त्रीपरिषद बैठकको अध्यक्षता गरे

तस्वीर श्रोतः प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल ट्वििटर

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भिडियो कन्फरेन्स कल मार्फत पहिलो पटक मन्त्रीपरिषद बैठक सम्पन्न

एनआइबि संवाददाता, काठमाडौं

नेपालमा पहिलो पटक भिडियो कन्फ्रेन्स कल मार्फत मन्त्रीपरिषदको बैठक सफलतापूर्वक बसेको छ । उपचारका क्रममा सिंगापुरमा रहेका प्रधानमन्त्री के.पी शर्मा ओलीले पहिलो पटक भिडियो कन्फरेन्स मार्फत मन्त्रीपरिषद बैठक संचालन गरेका छन् ।
प्रधानमन्त्रीको अनुपस्थितिमा मन्त्रीपरिषदा बैठक संचालन गर्नकालागि भिडियो कन्फरेन्स तरीका अपनाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेबारी उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेललाइ दिएको भएपनि बैठकको अध्यक्षता भने ओली आफैलै गरेका थिए । एक घण्टा बसेको बैठकमा प्रधानमन्त्रीले सुचना प्रविधिको जमानामा भिडियो कन्फरेन्सबाटै बैठक बसेर मुलुकका निर्णयहरुमा छलफल गर्न सकिने बताएका थिए ।
यता प्रधानमन्त्री कार्यालयले टेलिप्रिजेन्स प्रविधि मार्फत बसेको भिडियो कन्फरेन्स बैठक गोपनियताको हिसाबले सुरक्षित रहेको दाबी गरेको छ । पहिलो पटक यो सुविधालाइ प्रयोग गरेर सम्पन्न मन्त्रीपरिषद बैठकको गोपनियतामा कुनै खतरा नभएको दाबी गरेको हो । प्रधानमन्त्रीका सुचना प्रविधि सल्लाहकार अस्गर अलीले फेसबुकमा यस बारे जानकारी पोष्ट गरेका छन् ।

हिजो TelePresence मार्फत गरिएको ऐतिहासिक मन्त्री परिषद बैठकको विषयमा धेरै साथीहरुले यसको सुरक्षाको जिज्ञासा राख्नु…

Posted by Asgar Ali on Monday, 26 August 2019

प्रधानमन्त्री ओलीको सिंगापुरको नेशनल युनिभर्सिटी अस्पतालमा उपचार भइरहेको छ । उनको शरीरमा अत्यधिक भएको एन्टिबडी हटाउने प्रकृया शुरु भइसकेको छ । गत विहिबार स्वास्थयोपचारकालागि दोश्रो पटक सिगांपुर पुगेका ओलीको उपचार लामो समय चल्ने देखिन्छ ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live