नेपाल र चीनबीच २० समझदारी पत्रमा हस्ताक्षर

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआईबि संवाददाता,काठमाडौं

नेपाल र चीनबीच २० समझदारी पत्रमा हस्ताक्षर भएको छ । गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, कृषि विकास, उद्योग वाणिज्य, काठमाडौँ महानगरपालिका लगायत सरकारी निकायसँग साझेदारी गर्ने सम्बन्धि विभिन्न दर्जन बढि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

आइतबार होटल सोल्टीमा प्रधानमन्त्री के.पी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङको उपस्थितिमा समझदारी पत्र आदान प्रदान गरिएको हो । ओली र सीको नेतृत्वमा दुवै तर्फका प्रतिनिधि मण्डलबीच द्विपक्षीय उच्च स्तरको औपचारिक वार्तापछि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

हस्ताक्षर पत्रमा नेपालले प्राथमिकता साथ उठाएको र नेपालमा सबैभन्दा चर्चा र चासोमा रहेको केरुङ–काठमाडौं रेलमार्गको बिस्तृत अध्ययन प्रतिवेदन(डीपीआर)  समावेश  छ । सम्पर्क सञ्जालबारे अध्ययन गर्न नेपाल र चीनबीच संयन्त्र गठन गर्ने सहमति गरेको छ । त्यसैगरी, टोखा–छहरे सुरुङ मार्ग निर्माण, सीमा सुरक्षा, आपराधिक गतिविधि नियन्त्रण, रसुवागढी–काठमाडौं र तातोपानी–काठमाडौं स्तरोन्नति, मदन भण्डारी विश्व विद्यालय  लगायतको विषय समेटिएको छुट्छाछुट्टै समझदारी पत्र पनि आदान प्रदान भएको हो ।

काठमाडौंमा खानेपानी व्यवस्थापनकालागि महानगरपालिकासँग मिलेर कार्य गर्ने विषयमा पनि समझदारी भएको छ ।त्यसैगरी, दुई देशबीच बुटवल–सियान र काठमाडौं तथा चीनको नान्जी सहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता पनि भएको छ ।

संझौता पत्र आदान प्रदान अघि सम्पन्न उच्चस्तरीय प्रनिनिधी मण्डलको वार्ताको शुरुवातमा प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए । लगत्तै चिनियाँ राष्ट्रपति सीले पनि सम्बोधन गरेपछि वार्ता औपचारिक रुपमा कार्यसूचीमा प्रवेश भएको थियो । काठमाडौंको सोल्टी होटलमा ११ बजेर १० मिनेटबाट सुरु भएको वार्ता करीब ४० मिनेट चलेको थियो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेश मामिला सम्बन्धी मन्त्री वाङ यीसहित दुवै देश उच्च पदस्थ अधिकारीहरु वार्तामा सहभागी थिए ।

दुइपक्षीय वार्तामा बस्नु अघि सीले ओलीसँग एक्ला एक्लै वार्ता पनि गरेका थिए । आइतबार बिहान सीले सत्तारुढ नेपाल कम्युनिट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सचिवालय सदस्यहरुसँग भेटवार्ता गरेका थिए । सीले प्रचण्डसँग अलग्गै पनि भेटवार्ता गरेका थिए ।

शनिवार साँझ नेपाल आएका सीले राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेट पछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाइ भेटेर पहिलो औपचारिक राजनीतिक भेटघाट शुरु गरेका थिए । शनिबार नै सी र देउवाबीच सोल्टी होटलमा भेटवार्ता भएको थियो ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live