टिकट महंगोमा बिक्री गरेको होइनः नेपाल एयरलायन्स

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआइबि संवाददाता, नयाँ दिल्ली

जेट एयरवेजको अन्तराष्ट्रिय उडान सेवा बन्द भएपछि हवाइ टिकट महंगो भएको छ । यो उडान सेबा बन्द भएपछि दिल्ली काठमाडौ रुटको भाडादर महंगो भएको छ । एकतर्फी भाडा मात्रै ३३ हजार भारतीय रुपैया सम्म पुगेको छ ।

तर नेपालको राष्ट्रिय ध्वजावाहक विमानसेवा नेपाल एयरलायन्सले भने आफनो हवाइ टिकटको हकमा यो बृद्धि लागु नभएको जनाएको छ । नेपाल एयरलायन्सका नयाँ दिल्लीकालागि स्टेशन म्यानेजर टंक भण्डारीका अनुसार एयरलायन्सको टिकट दरमा अस्वभाविक वृद्धि भएको छैन् । उनले एनआइबि संवाददातासँग कुरा गर्दै भने,‘एयरलायन्सले निर्धारण गरेको न्यूनतमदेखि अधिकतम दरमै टिकट बिक्रि गरिरहेको छ । न्यूनतम ४हजार पाँच सय देखि अधिकतम १८ हजार ६०० रुपैया मै हामीले टिकट बिक्री गरिरहेका छौं । ’

अहिले नेपालकोलागि पर्यटकीय मौसम शुरु भएको छ । मार्चदेखि जुन महिना त्यसैपनि नेपालतर्फ जाने यात्रुहरुको चाप बढेको हुन्छ । भारतमा चर्को गर्मी छल्नकालागि यो समय भारतीय पर्यटकहरुकालागि नेपाल रोजाइमा पर्ने गर्छ । भण्डारीका अनुसार जेटको दैनिक चार वटा उडान स्थगित भएका कारण यात्रुहरुको चाप बढनु स्वभाविक हो । तर पर्यटकिय अहिलेको सिजनमा विगतमापनि टिकट दर बढने गथ्र्यो, उनले थपे ।

वित्तिय संकटका कारण जेट एयरवेजको गतसातादेखि सबै अन्तराष्ट्रिय उडान बन्द भएपछि दिल्ली –काठमाडौ रुटमा यात्रु चाप बढेको छ । जेटले दिल्ली काठमाडौं रुटमा दैनिक चार वटा उडान गर्दै आएको थियो । काठमाडौं दिल्ली रुटमा भारतका इन्डिगो , एयर इन्डिया र जेट एयरवेज लगायतले उडान भर्दै आएका थिए ।

यात्रुको चापलाइ मध्यनजर गर्दै नेपाल एयरलायन्सले काठमाडौ–दिल्ली रुटमा साताको तीन उडान थपेको छ । यस अघि साताको ११ उडान गर्दै आएको थियो । मे एक देखि लागु हुने गरि उडान थपेपछि एयरलायन्सले यो रुटमा दैनिक दुइ वटा उडान भर्नेछ ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live