नेपाल एयरलायन्सले काठमाडौं–दिल्ली उडान थप्यो

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआइबि संवाददाता, नयाँ दिल्ली

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले काठमाडौं–दिल्लीको उडान थप गरेको छ । निगमले आगामी वैशाख १८ अर्थात मे १ देखि काठमाडौँ– नयाँदिल्ली रुटमा साताको १४ वटा उडान थपेको छ । यो गन्तव्यमा अहिले निगमले सातामा ११ उडान भर्दै आएको छ । निगमले ‘न्यारो बडी’ र वाइड बडी जहाजबाट दिल्ली उडान गर्दै आएकोमा थप गरेको उडानमा रातिको उडान भने वाइड बडीबाटै गर्ने जनाएको छ ।

जेट एयरवेजको काठमाडौँ उडान स्थगित भएपछि निगमले दिल्ली उडान थपेको हो । जेट एयरको सेवा स्थगित भएपछि काठमाडौं–दिल्लीको एकतर्फी भाडा नै २५ हजार रुपैया नाघेको छ । जेट एयरले नयाँ दिल्ली काठमाडौं गन्तव्यमा दैनिक उडान भर्दै आएको थियो । टिकटको माँग र आपूर्तिबीचको असंतुलनले टिकट दर ह्रवात्तै बढेका कारण यात्रुहरु चर्को टिकटदरको मार खेप्न बाध्य भइरहेका छन् ।

आर्थिक समस्याका कारण जेट एयरले एक साताअघि काठमाडौँ–दिल्ली उडान बन्द गरेको थियो ।
निगमले हाल भारतको मुम्बई र बैङ्लोरमा सातामा तीन उडान भर्दै आएको छ भने अन्य आठ मुलुकमा पनि अन्तर्रा्ष्ट्रिय उडान भर्दै आएको छ । केही महीनाभित्रै जापानको ओसाकाका लागि पनि उडान गर्ने तयारी गरेको छ। निगमले‘बोइङ–७५७’, दुई ‘न्यारो बडी’ र दुई ‘वाइड बडी’ जहाजबाट अन्तर्रा्ष्ट्रिय उडान भर्दै आएको छ ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live