भुटानप्रति मोदीको आत्मियता टिविटरमा छल्कियो

तस्बीर साभारः भारतीय विदेश मन्त्रालय र नरेन्द्र मोदीको टिविटर

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआइबि टिम, नयाँ दिल्ली

दुइ दिने भ्रमणमा भुटानमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भुटानको आतिथ्यताको खुलेर प्रशंसा गरेका छन् । भुटानी प्रधानमन्त्री लोट्टे छिरिंगले मोदीलाइ पारो विमानस्थलमा स्वागत गरेका थिए । प्रधानमन्त्री छिरिंगले विमानस्थलमा मेरो स्वागतमा देखाएको भाव(जेस्चर) ले म निकै आभारी छु , मोदीले टिविट गरेका छन् ।

विमानस्थलबाट थिम्पु सम्म पुग्ने बेलामा बाटोभरि भारत र भुटानको झण्डा बोकेर स्थानिय जनताले स्वागत गरेका थिए । त्यसैगरि उनले भुटानी जनताले देखाएको आत्मियताको पनि गुणगान गरेका छन् । प्राकृतिक सुन्दरता र अदभुत जनताको धन्य भुमि भन्दै उनले भुटानबारे टिविट गरेका छन् ।

मोदीले पहिलो कार्यकालदेखि नै छिमेक पहिलो नीतिलाइ प्राथमिकतामा राखेका छन् । पहिलो कार्यकालमा पहिलो विदेश भ्रमण भुटानबाट शुरु गरेका मोदी दोश्रो भ्रमणका क्रममा नेपाल गएका थिए । मोदीको स्वागत र सम्मानमा भुटानमा अहिले देखिएको जनभाव पहिलो कार्यकालमा भएको पहिलो नेपाल भ्रमणमा पनि देखिएको थियो । नाकाबन्दीका कारण नेपालमा मोदीको लोकप्रियता घटदै गएको हो ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live