७३औं स्वतन्त्रता दिवसमा मोदीले के भने ?

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआइबि टिम,नयाँ दिल्ली

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ‘एक देश एक संविधान’ को पूरानो लक्ष्य पूरा भएको बताएका छन् । ७३ औं स्वतन्त्रता दिवसका अवसरमा नयाँ दिल्लीको लालकिल्लामा आयोजित विशेष कार्यक्रमको मंचबाट देशवासीको नाममा संबोधन गर्दै मोदीले जम्मु कश्मीरको विशेषाधिकार खारेजीको निर्णय पछि यो लक्ष्य पुरा भएको बताए । जम्मु कश्मीरलाइ विशेषाधिकार प्रदान गरेको संविधानको धारा ३७०को खारेजी र जम्मु कश्मीरलाइ केन्द्र शासित प्रदेशमा विभाजित गरेपछि पूर्वज सरदार बल्लभ भाइ पटेलको एक भारत श्रेष्ठ भारतको सपना पुरा भएकोमा गर्व भएको बताए ।
‘हामी एकीकृत भारतकोलागि सरदार बल्लभ भाइ पटेलको ‘एक भारत श्रेष्ठ भारत’को सपना चरितार्थ तर्फ उन्मुख र्छौ । हामी त्यस्ता व्यवस्थाहरु विकास गर्नेतर्फ अग्रसर छौं जसले देशको एकतालाइ मजबुत बनाओस । तर धारा ३७० र ३५ (क)का कारण यसमा अवरोध आएको थियो । आज म गर्वका साथ भन्न सक्छु, आज प्रत्येक भारतीयले भन्न सक्छन् , एक देश, एक संविधान,’उनले भने ।
मोदी सरकारले अगस्त ५ मा जम्मु कश्मीरको विशेषाधिकार दिएको धारा ३७० र ३५(क)लाइ खारेज गरेको थियो । यसको विरोध गरिरहेको विपक्षी पार्टी काँग्रेस ( वरिष्ठ नेता करण सिंह लगायत अन्य काँग्रेसी नेताहरुले व्यक्तिगत रुपमा यो निर्णयलाइ समर्थन समेत गरेका छन् ) लगायत जम्मु कश्मीरका स्थानिय पार्टीहरुले यसको विरोध गर्दै आएका छन् ।

विरोध गर्नेहरुलाइ मोदीको जवाफ

मोदीले यही अवसर पारेर विशेषाधिकार खारेज गर्ने निर्णयको पक्षमा आवाज उठाउँदै आएकाहरु माथि गर्जेका छन् । उनले मुलुकले जवाफ माँगेको भन्दै प्रश्न राखे, ‘यदि यो धारा त्यति महत्वपूर्ण र आवश्यक थियो भने ७० वर्ष बहुमतको सरकार चलाउनेहरुले पनि किन यसलाइ स्थायी बनाएनन्, यसलाइ अस्थायी नै किन बनाइराखे ?’
‘तपाइहरुलाइ थाहा थियो जे भएको थियो यो सही थिएन , तर त्यसलाइ सुधार गर्न तपाइहरुमा हिम्मत थिएन र चाहना पनि थिएन तपाइको राजनीतिक भविष्यमाथि प्रश्नचिन्ह खडा हुन्थ्यो । तर मेरो लागि देशको भविष्य नै सबैथोक हो , राजनीतिक भविष्य केहि हुँदैन ।’ प्रश्नको जवाफ पनि स्वयं दिए उनले ।
दोश्रो कार्यकालको पहिलो स्वतन्त्रता दिवसलाइ संबोधन गरेका मोदीले यही अवसरमा लगातार छैठौं पटक सम्बोधन गरेका हुन । २०१४ को लोकसभा चुनाव जितेपछि स्वतन्त्रता दिवसको अवसरमा पहिलो पटक लाल किल्लाबाट संबोधन गरेका थिए ।
उनले १ घण्टा ३२ मिनेट लामो भाषण गरेका थिए । आफ्नो सम्बोधनमा मोदीले गत पाँच वर्षको कार्यकाल गरीबीको रेखामुनि रहेका जनताको गाँस वास र कपासको न्यूतनतम आवश्कक्ता पुरा गर्नमा खर्चेको र आगामी पाँच वर्ष जनआकाँक्षा पुरा गर्न खर्चिने प्रतिवद्धता व्यक्त गरे ।

मोदीको ९२ मिनेट लामो सम्बोधनका मुख्य घोषणा ः

जनसंख्या नियन्त्रणः मोदीले भारतमा भइरहको अनियन्त्रित जनसंख्या वृद्धि तर्फ चिन्ता व्यक्त गर्दै यसलाइ नियन्त्रण गर्नुपर्ने बताएका थिए । उनले वर्षेनि भइरहेको जनसंख्या वृद्धिलाइ बिस्फोटको संज्ञा दिदै भने, ‘जनसंख्या विस्फोट समग्र देशकैलागि चिन्ताको विषय हो । यसले हाम्रो वर्तमान र भविष्यका पुस्ताकालाइ संकटमा पार्न सक्छ । यसकालागि जनतामा जागरुकता ल्याउनु आवश्यक छ ।’

जल–जीवन मिशन ः भारतमा पानीको संकट गहिरिदै गएको प्रति चिन्ता व्यक्त गर्दै यसकालागि मिशन नै बनाएर अघि बढने संकल्प गरेको मोदीले उल्लेख गरे । विशेष गरेर भारतको दक्षिणी भेगका महाराष्ट्र, तमलिनाडु, कर्नाटका लगायतक राज्यमा पानीको संकट गहिरिदै गएको छ । मोदीले जल–जीवन मिशन अन्तर्गत सरकारले साढे ३ लाख करोड रुपैयाको बजेट खर्च गर्ने घोषणा समेत गरे ।

एक सेना प्रमुख (वन चिफ अफ डिफेन्स(सीडीएस)ःमोदीले सेनाको सबै विभागलाइ एउटै छातामुनि ल्याउने घोषणा पनि गरेका छन् । उनले स्थल, जल र बायु तीनै सेनालाइ एउटा सुरक्षा प्रमुख (वन चिफ अफ डिफेन्स) अन्तर्गत ल्याउने घोषणा गरेका छन् । उनले सेनाका सबै विभागहरुबीच समन्वयको आवश्यक्ता औंल्याउँदै भने ,‘विश्वमा बढदो प्रविधिको विकास र युद्धको बदलिएको सीमा र स्वरुप अनुरुप भारतको सम्पूर्ण सैन्य शक्ति एकमुष्ठ रुपमा अघि बढने दिशामा काम गर्नुपर्छ ।’

मोदीले यो कार्यकालमा अर्थतन्त्रको आकार दोब्बर वृद्धि हुने दाबी समेत गरे । उनले अर्थतन्त्रको आकार ५० खर्ब डलर पुग्ने दाबी गरेका छन् । यसकालागि सरकारले अर्थव्यवस्थामा पूर्वाधारको विकासमा एक सय लाख करोडको लगानी गर्ने मोदीले घोषणा गरे ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live