मोदी भुटान भ्रमणमा

तस्बीर साभार ः भारतीय विदेशमन्त्रलायको ट्वििटर

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआइबि टिम , नयाँ दिल्ली

दुइ दिने भ्रमणकालागि भुटान पुगेका भारतका प्रधानमन्त्री मोदीले भुटानका प्रधानमन्त्री लोट्टे छिरिंग सँग द्धिपक्षिय भेटवार्ता गरेका छन् । भेटमा द्धिपक्षिय साझेदारीलाइ थप बिस्तार गर्ने विषयमा कुराकानी भएको भारतीय विदेश मन्त्रलायका प्रवक्ताले ट्वििट गरेर जानकारी साझा गरेका छन् । भुटान भारतले वैदेशिक सहायता गर्ने पहिलो मुलुकमा पर्छ । नेपाल दोश्रो नम्बरमा रहेको छ ।

शनिवार भुटान पुगेका मोदीलाइ पारो विमानस्थलमा प्रधानमन्त्री लोटे शेरिंगले शाही स्वागत गरेका थिए । उनलाइ गार्ड अफ अनर दिइएको थियो । मोदीको यो दोश्रो भुटान भ्रमण हो । दोश्रो पटक प्रधानमन्त्री भएपछि भने मोदीको यो पहिलो भ्रमण हो । यसपटक विदेशमन्त्री एस जयशंकरले पदभार संभाले लगत्तै भुटानको पहिलो भ्रमण गरेका थिए ।

विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले भ्रमण बारे टिविट गर्दै लेखेका छन् , असाधारण र गर्मजोशी र सदभावनाका साथ भुटानका प्रधानमन्त्री लोटे शेरिंग र अन्य मन्त्रीहरुले प्रधानमन्त्रीलाइ स्वागत गरे । विमानस्थलको स्वागत पछि प्रधानमन्त्री थिम्पु पुगेका छन् । प्रधानमन्त्रीले भुटानका राजा जिग्मे केशर नाम्ग्याल वाँगचुक लगायत नेताहरुसँग द्धिपक्षिय सम्बन्धका बारे छलफल गर्ने कार्यक्रम रहेको भारतीय विदेश मन्त्रलायले जनाएको छ ।

पहिलो कार्यकालमा मोदीले पहिलो विदेश भ्रमण भुटान नै गरेका थिए । नेपाल उनको दोश्रो रोजाइमा परेको थियो । यस पटक उनले पहिलो विदेश भ्रमणकालागि माल्द्धिभ्स र श्रीलंका पुगेका थिए । मोदीले गत जुन ७ र ८ मा यी दुइ देशको भ्रमण गरेका थिए । मोदीको नेपाल भ्रमणको बारेमा पनि चर्चा थियो तर हाललाइ त्यो सेलाएको छ । बरु भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन यही साता काठमाडौं जाने कार्यक्रम रहेको छ ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live