तीन दिनमा मिशन मंगलले कमायो ७० करोड

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआइबि संवाददाता ,नयाँ दिल्ली

भारतको स्वतन्त्रता दिवसको अवसर पारेर प्रदर्शन गरिएको हिन्दि चलचित्र ‘मिशन मंगल’ ले दर्शकहरुको वाहवाही बटुलेको छ । । यसको कमाइले पनि करोडको आँकडा सजिलै पार गर्ने देखिएको छ ।

चलचित्रले पहिलो दिन नै २९ दशमलब १६ करोडको व्यापार गरेको चलचित्र समीक्षक तरण आदर्शले लेखेका छन् । तीन दिनमा चलचित्रले झण्डै ७० करोड कमाइसकेको आदर्शले टिविट गरेका छन् । कमाइको गति उकालो नै लागेको हुँदा यसले सजिलै सय करोडको आँकडा पार गर्ने आंकलन चलचित्र समीक्षकहरुले गरेका छन् ।
यो अक्षयको हालसम्मको सबैभन्दा धेरै कमाइ गर्ने चलचित्र समेत बनेको छ । यस अघि गत वर्ष १५ अगस्तमा रिलिज भएको ‘गोल्ड’ले २५ दशमलब २५ करोडको व्यापार गरेको थियो । यो सँगै पहिलो दिन सबैभन्दा धेरै कमाइ गर्ने यो वर्षको पहिलो चलचित्र बनेको छ ।

भारतमा अन्तरीक्ष प्रविधिलाइ कथावस्तु बनाएर निर्माण गरिएको यो पहिलो चलचित्र हो । चलचित्रको कथावस्तु भारतले अंतरिक्षमा पठाएको मंगलयानको सफल परिक्षणमा योगदान पुरयाएका व्यक्तिहरुकोे वरिपरि घुमेको छ । अक्षय कुमार र विद्या बालनको मुख्य भुमिकाका अलाबा सोनाक्षी सिन्हा , तापसी पन्नु , कृति कुल्हारी लगायतले अभिनय गरेका छन् ।

चलचित्रको कथा निर्माता, निर्देशक तथा लेखक आर बाल्कीले लेखेका छन् । बाल्कीका कथावस्तु दर्शकले निकै रुचाउने गरेको विगतका चलचित्रहरुले पनि देखाएको छ । उनले निर्माण गरेको श्रीदेवी अभिनित इंगलिश विंगलिश , निर्देशन गरेको डियर जिन्दगी , प्याडम्यान सफल चलचित्रको श्रेणीमा पर्छ । समाजमा भएका घटना तथा अभ्यासहरुलाइ सुक्ष्म रुपले नियालेर पृथक ढंगबाट कथावस्तु पस्कने खुवी बाल्कीमा कुटी कुटी भरिएको छ । उनले चीनी कम, पा, समिताभ, कि एण्ड का, डियर जिन्दगी, प्याडम्यान व्यापारिक रुपमा औसत रहेपनि कथावस्तु तथा निर्देशनका आधारमा उत्कृष्ट चलचित्र हुन ।

अन्तत कश्मीर बारे नेपालले बोल्यो

चलचित्रलाइ जगन शक्तिले निर्देशन गरेका छन् । शक्तिले बाल्कीसँगै इंगलिस विंगलिसमा सहायक निर्देशक भएर काम गरेका थिए । बाल्कीसँगै लगभग सबै चलचित्रमा कुनै न कुनै भुमिकामा का गरेका शक्तिको मिशन मंगल भने एकल मुख्य निर्देशनमा बनेको हो ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live