मारुतीले साना डिजेल गाडीको उत्पादन बन्द गर्ने

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआइबि संवाददाता,नयाँ दिल्ली

भारतको सबैभन्दा ठूलो कार उत्पादक कम्पनी मारुती सुजुकीले डिजेलबाट चल्ने साना कारको उत्पादन बन्द गर्ने भएको छ । कम्पनीेले भारत सरकारले आगामी वर्षदेखि लागु गर्न लागेको नयाँ प्रदुषण मापदण्ड र यसका कारण कार उत्पादनमा बढने लागत लगायतका कारण देखाउँदै एकवर्षपछि डिजेल कार उत्पादन बन्द गर्ने घोषणा गरेको छ । सरकारले सन् २०२०देखि नयाँ प्रदुषण मापदण्ड लागु गदैछ जसका कारण पुरानो स्टक बिक्री गर्न प्रतिबन्ध लगाइनेछ ।

डिजेल कारको घटदो माँग र नयाँ मापदण्ड अनुसार कार उत्पादन गर्दा लागत महंगो पर्ने भन्दै कम्पनीले उत्पादन बन्द गर्ने निर्णय गरेको जनाएको छ । मारुती सुजुकीका अध्यक्ष आर सी भार्गवले , २०२०को अप्रिददेखि कारको बिक्री बन्द गर्ने घोषणा गर्दै भने, आगामी वर्षदेखि हामीसँग बिक्रीकालागि डिजेल कार हुँदैन । डिजेल कार मन पराउने ग्राहककालागि कार खरीद गर्ने यो अन्तिम मौका हो ।

उनका अनुसार सानो कारमा प्रदुषण मापदण्ड इन्जिन अपग्रेड गर्न खर्च धेरै लाग्छ , जसले कारको मूल्य बढन जान्छ जसले गर्दा यो ग्राहककालागि यो व्यवहारिक पनि हुँदैन । मारुती सुजुकीले डिजल कारको विकल्पमा सिएनजी र हाइब्रिड टेक्नोलोजीबाट चल्ने कार उत्पादनमा बढि जोड दिने जनाएको छ ।

१९९८मा कम्पनीले मारुती जेन सबैभन्दा पहिलो डिजल गाडी बजारमा ल्याएको थियो । अहिले कम्पनीसँग डिजल इन्जिनको ८ वटा मोडल रहेको छ । जसमध्ये दुइ मोडल (ब्रिजा र एस क्रस एयुभि) डिजेल इन्जिनको मात्र रहेको छ । यसको पेट्रोल भर्जन छैन् । बाँकी स्विफ्ट, बलेनो , डिजायर , अर्टिगा एमपिभि, सियाज सेडान डिजेल र पेट्रोल दुवै भर्जनमा उपलब्ध छ ।

मारुती सुजुकीको यो निर्णयले अन्य अटोमोबाइल कम्पनीहरुलाइ पनि चुनौती थपिएको छ । महिन्द्रा एण्ड महिन्द्रा, टाटा मोटर्स र टोयोटाको डिजल मोडल बढि बिक्रीमा रहेको छ । हुन्डाइले पनि यो क्याटेगरीलाइ बढाएको छ ।
पाँच वर्ष अघि झण्डै ४७ प्रतिशत बजार हिस्सा ओगटेको डिजेल कारको बिक्री २०१८–१९ सम्म आइपुग्दा घटेर १९ प्रतिशत पुगेको छ । उतिबेला सबैभन्दा बढि कार बिक्री गर्ने कम्पनीमा मारुती सुजुकी रहेको थियो । कम्पनीले सत्र लाख भन्दा बढि कार बिक्री गरेर भारतको नम्बर एक कम्पनी बन्न सफल भएको थियो ।

अहिले पनि भारतमा एसयुभि र युभी सेगमेन्टमा डिजल गाडीकै दबदबा रहेको छ ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live