लन्डन घुम्न जानकालागि २४ घण्टाभित्रै बिहे गरयौंः अमिताभ बच्चन

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआइबि संवाददाता, नयाँ दिल्ली
बलिउड महानायक अमिताभ बच्चनले आफनी अर्धागिंनी जया बच्चनसँग बिहे गर्नुको गोप्य कारण खोलेका छन् । बिहे अघि जया बच्चन बलिउडमा जया भादुरीको नामले स्थापित भइसकेकि थिइन् । बलिउड शहंशाह बच्चनले जयासँग १९७३ मा बिहे गरेका थिए । ४६ वर्षअघिको आफनो बैवाहिक यात्राको शुरुवातको प्रसंग बारे बिग बीले एकदमै रोचक घटना साझा गरेका छन् ।
जी कैफे च्यानलमा सिनेमा समिक्षक तथा पत्रकार कोमल नाहटाको सो ‘स्टोरी नाइट्स२’ को कुराकानीमा आफनो जिवन, करियर तथा विवाहका बारेमा खुलेर कुराकानी गरेका छन् । अमिताभ बच्चनले जया बच्चनसँगको आफ्नो सुमधुर संझना साझा गर्दै भने , ‘जया र म जंजीर सिनेमाकालागि एकसाथ काम गर्दै थियौं , सिनेमा सफल भइहाल्यो भने हामी सबै टीम छुट्टी बिताउन लंदन घुम्न जाने निर्णय गरर्यौ । यो कुरा मैले आफ्नो बुवालाइ सुनाए, उहाँले मसँग को को जाँदैछन भनेर सोध्नुभयो । जयाको नाम सुन्ने बितिकै उहाँले भन्नुभयो विवाह नगरि म तिमीलाइ उनीसँग लंदन जान दिन्न । मैले पनि भने ,त्यसो भए हामी भोलि नै विहे गर्छौं । हामीले तुरुन्तै सबै बन्दोबस्त गरेर भोलिपल्ट नै बिहे गरयौं र लन्डन गयौं । ’

अमिताभका साथ सोमा निर्माता निर्देशक आर बाल्की पनि थिए । उनले पनि अमिताभसँग जोडिएको एक रोचक प्रसंग सुनाए । उनले भने, एकपटक उहाँको जन्मदिनको अवसरमा म गएको थिए । मसँग कुनै उपहार थिएन । के उपहार दिन सक्छु भनेर सोच्दै थिए । अचानक मेरो दिमागमा एउटा आइडिया आयो , र उहाँको कानमा सुनाए, तपाइको आवाज र अरु कसैको अनुहार हुनेछ । त्यसपछि ‘शमिताभ’ फिल्म बनेको थियो ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live