लोकसभा चुनावकालािग काँग्रेसको घोषणा पत्र जारी

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआइबि संवाददाता , नयाँ दिल्ली
लोकसभा चुनावकालागि गरीब तथा किसानको हकअधिकारलाइ प्रमुख मुद्दा बनाउँदै आएको भारतीय काँगे्रस पार्टीले यसलाइ आफनो घोषणा पत्रको प्राथमिकतामा राखेको छ । मंगलबार काँग्रेस अध्यक्ष राहुल गान्धी सहित दलका मुख्य तथा अग्रज नेताहरुले पाटी मुख्यालयमा संयुक्त रुपमा जनआवाज नाम दिइएको घोषणपत्र जारी गर्दै गरीब तथा किसानकालागि राहत दिने घोषणा गरेका हुन् । गरीबकालागि न्यूनतम आय योजना अन्तर्गत वार्षिक रुपमा ७२ हजार रुपैया दिने र कृषकहरुको आर्थिक अवस्था सुधारकालागि बजेटमा छुट्टै प्रावधान राख्ने प्रतिवद्धता गरेका छन् । बेरोगजार युवाहरुलाइ लक्षित गरेर काँग्रेसले आफनो घोषणा पत्रमा रिक्त रहेको २२ लाख सरकारी पदहरुलाइ २०२० सम्म पदपूर्ति गर्ने प्रतिवद्धता गरेको छ । १०लाख युवाहरुलाइ गाउँ पन्चायतको अन्तर्गत जागीर दिन सकिने उल्लेख गरेको छ ।
त्यसैगरि किसानहरुकालागि छुट्टै बजेटको प्रावधान राख्ने भन्दै कर्जा चुकाउन नसक्ने किसानहरुकालागि फौजदारी नभइ देवानी मुद्दा हाल्न सकिने व्यवस्था गर्ने भनेर प्रतिवद्धता जनाएको छ । साथै काँगैसले माव लिचिंग(भिड आक्रमण) ,तथा घृणा अपराधलाइ नियन्त्रण गर्न कानुन ल्याउने दाबी गरेको छ ।
सत्तामा आएको खण्डमा राजद्रोहलाइ परिभाषिता गर्ने धारा १२४ ए को दुरुपयोग भएको भन्दै यसलाइ हटाउने प्रतिवद्धता पनि काँगै्रसले गरेको छ । त्यसैगरि मानहानीलाइ देवानी अपराधको रुपमा कानुनी दायरामा ल्याउने पनि उल्लेख गरेको छ ।

 


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live