भारतमा सोमबारबाट लकडाउन खुल्यो

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नयाँ दिल्ली ,जुन १

भारतमा सोमबारबाट लकडाउन खुलेको छ । भारत सरकारले अनलक नाम दिएर १ जुन सोमबारबाट लागु हुने गरी  तीन चरणमा लकडाउन खोल्ने  निर्णय गरेको हो । पहिलो  लकडाउन लागु गरेको २ महिना एक साता पछि भारत सरकारले  लकडाउन  खोल्ने निर्णय गरेको हो । पहिलो लकडाउन   गत २४ मार्चदेखि शुरु भएको थियो  । कोरोना  भाइरससबाट डेढ लाखभन्दा बढी संक्रमित भइसकेपनि भारत सरकारले  लकडाउन खोलेको हो ।

अनलक फर्स्ट १ जुनदेखि ३० जुन सम्मका लागि निर्धारण गरिएको छ । जसमा रातिको कफर्युको समय तालिका परिवर्कातन गरिएको छ ।  साँझ ७ देखि विहान ७ बजेको ठाउँमा अब कर्फ्यु समयअवधि    राति ९ देखि विहान ५ बजेसम्म मात्र रहनेछ ।

पहिलो चरणमा ८ जुनबाट धार्मिक स्थलहरु खुल्नेछन् । जसमा मन्दिर, मस्जिद र चर्चहरु खुल्ने भएका हुन् ।  यसका अलावा    होटल, रेष्टुरेन्ट, सेवाका क्षेत्र, सपिङ मल र सुपरमार्केटहरु खोल्ने अनुमति समेत दिइएको छ । तर, उनीहरुले सावधानी अपनाउनुपर्नेछ ।

दोस्रो चरणमा स्कुल, कलेजलगायतका शैक्षिक संस्थाहरु खुल्नेछन् । शैक्षिक संस्थाको सवालमा राज्य सरकारहरुसँग परामर्श गरिने जनाइएको छ । कतिपय राज्यहरुमा १३ जुनबाट विद्यालय खुल्ने भनिएको छ । जुलाईमा भने सबै राज्यहरुमा विद्यालय खोल्ने  निर्णय लिइने भनिएको छ । तीन महिनापछि विद्यार्थीहरु विद्यालय जाने योजना बनाइएको छ ।

तेस्रो चरणमा अन्तर्राष्ट्रिय हवाई यात्रा, मेट्रो रेल, सिनेमा हल, पौडी पोखरी, मनोरञ्जन पार्क, थिएटर, बार, एसेम्ब्ली हल खोल्न दिइनेछ । यसका लागि निश्चित नियम बनाइनेछ ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live