कोटेश्वर बहुमुखी क्याम्पस आफ्नै भवनमा,भारतीय राजदूत पुरीले गरे उदघाटन

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआईबि संवाददाता,काठमाडौं

भारत सरकारको आर्थिक सहयोगमा निर्माण सम्पन्न कोटेश्वर बहुुमुखी क्याम्पसको औपचारिक उदघाटन गरिएको छ । नेपालका लागि भारतीय राजदूत मंजीव सिंह पुरीले शनिबार क्याम्पसको नवनिर्मित भवनको उद्घाटन गरे । भारत सरकारको साढे चार करोड रुपैंया अनुदान सहयोगमा निर्मित तीन तल्ले नयाँ संरचनामा १८ वटा कक्षाकोठा लगायत क्याम्पस प्रमुख, परीक्षा शाखा, प्रशासन शाखा, लेखा शाखाका कोठाहरु रहेको छन् ।

काठमाडौं जिल्लाको कोटेश्वरमा सन् १९९० मा स्थापना भएको क्याम्पसले स्नातक तहमा व्यवस्थापन, शिक्षा तथा मानविकि सङ्काय र स्नातकोत्तर तहमा व्यवस्थापन सङ्कायका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गैर नाफामुखी, गैर सरकारी र सेवामुखी सामुदायिक क्याम्पस हो । यस क्याम्पसमा अध्ययनरत करिब ४ हजार विद्यार्थीहरु मध्ये ६० प्रतिशत छात्रा रहेका छन् ।

क्याम्पस निर्माणकालागि जग्गाको व्यवस्थापन जिल्ला समन्वय समिति काठमाडौंले गरेको हो । यस अघि क्याम्पसले सरस्वती माध्यमिक विद्यालयको भवन तथा अन्य केहि भवन भाडामा लिएर नियमित पठनपाठन गर्दै आएको थियो ।
यो क्याम्पस भवनको निर्माण शिक्षाको क्षेत्रको पूर्वाधार विकासमा भारत सरकारले नेपाल सरकारलाइ गर्दै आएको सहयोगकै निरन्तरता हो ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live