रोहित शेट्टिकी सुर्यवंशी गर्ल , कटरिना कैफ

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआइबि संवाददाता,नयाँ दिल्ली

अक्षय कुमार र कैटरिना कैफको जोडी लामो समयपछि एक पटक फेरि स्क्रिनमा देखिने भएको छ । रोहित शेट्टीको अपकमिंग फिल्म सुर्यवंशीमा यी हिट जोडी साथमा देखिने भएका हुन् । कैटरिना कैफले इन्स्टाग्राममा एउटा फोटो हाले पछि यो समाचार बाहिरिएको हो । यो तस्बीर शेयर गर्दै उनले लेखेकी छन्, ‘सुर्यवंशी टीमको हिस्सा भएपछि निकै उत्साही छु । पहिलो पटक रोहित शे्ट्टीसँग काम गर्ने मौका अनि लामो समयको अन्तरालपछि अक्षय कुमारसँग पून काम गर्ने मौका पाएर थप उत्साहि भएको छु । धर्मा प्रोडक्सन हाउससँगको यो मेरो पहिलो फिल्म हो । ’

अक्षय र कैटरिनाले यसअघि नमस्ते लण्डन, हमको दीवाना कर गइ, वेलकम र सिंग इन किंग फिल्ममा साथै काम गरिसकेका छन् ।

अक्षय र करण जौहरले पनि ट्वििट गरेर कटरीनालाइ स्वागत गरेका छन् । सुर्यवंशी २०२०को ईदमा रिलिज हुँदैछ । रोहिट शेट्टिले पनि सोही फोटो इस्टाग्राममा शेयर गरेर लेखेका छन्, ‘काप युनिभर्स कटरीना कैफलाइ स्वागत छ । हाम्रो सुयवंशी गर्ल ।’

सुर्यवंशी रोहित शेट्टीको हिट चलचित्र सिंघम सिरिजको नै निरन्तरता हो । शेट्टिले गत डिसेम्बरमा रिलिज भएको सिम्बा फिल्मको क्लाइमेक्समा नै अक्षयकुमारको इन्ट्री गराएर सुर्यवंशी फिल्म बनाउने संकेत छोडेका थिए । त्यसको केहि समयअघि सुर्यवंशीका कलाकारहरुको एक तस्बीर पनि वायरल भएको थियो । जसमा अक्षय कुमार , रणबीर सिंह ,अजय देवगन र रोहित शेट्टि एकसाथ देखिएका थिए ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live