काठमाडौं–सिलिगुडी सिधा बस सेवा शुरु

तस्बीर श्रोतःभारतीय दूताबास,काठमाडौं

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआइबि संवाददाता, नयाँ दिल्ली

काठमाडौ–सिलिगुडीबीच सिधा बस सेवा शुरु गरिएको छ । कपन संयुक्त यातायातले सोमबारबाट नेपाल भारत मैत्री बस सेवा संचालनमा ल्याएको हो । सडकमार्गबाट नेपाल भारत द्धिदेशीय सम्पर्क बिस्तार गर्ने उद्धेश्य अनुरुप बस सेबा शुरु गरिएको हो । निर्माण तथा यातायात मन्त्री रघुबीर महासेठ र नेपालकालागि भारतीय राजदूत मन्जीब सिंह सो बस सेवाको शुभारम्भ गरे । यातायातले सो रुटकालागि चार वटा बस मार्फत सेवा दिनेछ भने । एकतर्फी भाडा दर दुइ हजार रुपैया तोकिएको छ।

यस अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका समयमा जनकपुर–अयोध्याबीच सिधा बस सेवाको दुबै मुलुकका प्रधानमन्त्रीद्धयले उदघाटन गरेका थिए । यसका अलाबा काठमाडौं–दिल्ली, पोखरा–दिल्ली लगायत काठमाडौं सिलिगुडी संगै नेपाल भारतबी विभिन्न ११ नाकाबाट बस सेवा सेवा संचालन भएको छ ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live