नेपालले माल्द्धिभ्समा भन्यो,‘कश्मीर भारतको आन्तरिक मामिला’

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआईबि संवाददाता,नयाँ दिल्ली

भारत सरकारको जम्मु कश्मीरकोे विशेषाधिकार खारेजीको निर्णयलाइ नेपाल सरकारले समर्थन गरेको छ । नेपाल सरकारका तर्फबाट भारतीय महासागरिय सम्मेलन(इन्डियन ओसन कन्फरेन्स) मा सहभागी भएका नेपालका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले यस्तो समर्थन गरेका हुन । भारतीय समाचार एजेन्सी एएनआइसँगको कुराकानी गर्दै मन्त्री ज्ञवालीले संविधानको धारा परिवर्तन सम्बन्धित देशको आन्तरिक मामिला रहेको बताएका छन् । उनले यो विषयमा नेपालले बोल्न नमिल्ने धारणा राखेका थिए । एएनआईलाइ दिएको अन्तर्वातामा उनले भनेका छन् , ‘संविधानका धाराहरु परिवर्तन गर्ने निर्णय सम्बन्धित मुलुकको नितान्त आन्तरिक मामिला हो । त्यसैले यस बारेमा हामीले कुनै कमेन्ट गर्न मिल्दैन् ।’
भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भारत संयुक्त बैठकमा सहभागी हुन जानु दुइ दिन अघि परराष्ट्रमन्त्री ज्ञवालीले जम्मु–कश्मिर घटनाक्रमलाइ नेपालले नजीकबाट नियालिरहेको प्रतिक्रिया दिएका थिए । भारत सरकारले कश्मीर मामिलामा नेपालको आधिकारिक समर्थन चाहेको थियो । बैठकमा सहभागी हुन पुगेका जयशंकरले नेपाल सरकारलाइ यसलाइ आन्तरिक मामिलाका रुपमा लिइदिन आग्रह गरेका पनि थिए । तर सार्क अध्यक्ष राष्ट्र भएको हुँदा नेपालले यस्तो अभिव्यक्ति जारी गरेन । अहिले माल्द्धिभ्समा भारतीय समाचार एजेन्सीसँगको कुराकानीमा मन्त्री ज्ञवालीले घुमाउरो पारामा यसमा समर्थन गरेका छन् ।

ज्ञवालीको यो भनाइलाइ भारतीय संचारमाध्यमहरुले कश्मीर मामिलालाइ नेपालको समर्थनको रुपमा विश्लेषण गरेका छन् । कश्मिर मामिलामा दक्षिण एशियाली मुलुकहरुमध्ये नेपालको साथ भारतकोलागि महत्वपूर्ण भएको हुँदा नेपाललाइ आफ्नो पक्षमा बोलिदिनकालागि भारत सरकारले कुटनीतिक प्रयास जारी राखेको थियो । एक महिनापछि आएको परराष्ट्र मन्त्रीको यो भनाइ भारतको सफलताको रुपमा देखिएको छ । बंगलादेश, श्रीलंका, भुटान,माल्द्धिभ्स लगायतका मुलुकले कश्मीर निर्णय भारतको आन्तरिक निर्णय भनिसकेका छन् । यो सम्मेलनमा भारतका विदेशमन्त्री एस जयशंकर पनि सहभागी रहेका छन् ।

भारत सरकारले गत अगस्त ५ मा जम्मु कश्मीरलाइ विशेषाधिकार प्रदान गर्ने संविधानको धारा ३७० र ३५(क) खारेज गर्ने निर्णय गरेको थियो । कश्मीर मामिला बारे अन्तराष्ट्रिय समुदायबाट समर्थन लिने भारतको प्रयास जारी छ । अन्तराष्ट्रिय मन्चहरुमा भारतको आन्तरिक मामिलामा कसैले बोल्न नमिल्ने धारणा राख्दै आएको छ । यता पाकिस्तानले यो मुद्दालाइ संयुक्त राष्ट्र सुरक्षा परिषद सम्म पुर्याएपनि त्यसमा कुनै बहस हुन सकेन । यद्यपि पाकिस्तानले यसलाइ अन्तराष्ट्रियकरण गर्ने प्रयास गरिरहेको छ ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live