कन्हैयाको राजनीतिक इनिंग शुरु, बेगुसरायबाट चुनाव लडने

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआइबि संवाददाता, नयाँ दिल्ली

भारतमा पछिल्लो समय प्रभावशाली युवा नेताको रुपमा उदाएका विद्यार्थी नेता कन्हैया कुमार पनि लोकसभा निर्वाचनको उम्मेदवार बनेका छन् । उनलाई ‘कम्युनिष्ट पार्टी अफ इन्डिया’ (सिपिआई)ले उम्मेद्वार बनाएको हो । उनी गृहजिल्ला बिहारको बेगुसरायबाट चुनाव लडनेछन् । कन्हैया विरुद्ध भारतीय जनता पार्टीको तर्फबाट गिरिराज सिंहले नै चुनाव लडने तय भएको छ । यसअघि सिंघले आफूलाइ जानकारी नै नभएको पार्टीसँग विमति जनाएका थिए । भारतीय जनता पार्टी श्रोतका अनुसार पार्टी अध्यक्ष अमित शाहले सिंहलाइ चुनावका राजी गराएका हुन् । । जवाहरलाल नेहरु विश्वविद्यालयमा विद्यार्थी राजनीति गर्दा शैक्षिक तथा राजनीतिक मुद्दामा बोल्दै आन्दोलनको नेतृत्व गरेका कन्हैयाको उम्मेदवारी निकै चासोका साथ हेरिएको छ । ३२ वर्षीय कनैयाको चुनावी खर्चको लागि उनका समर्थक र विद्यार्थीले रकम समेत संकलन गर्न थालेका छन् । यसबीचमा लाखौं रकम संकलन भइसकेको पनि बताइएको छ ।
गौरी लंकेश, एमएम कलबुर्गी, रोहित बेमुला लगायतका हत्याकाण्डका विरुद्ध कन्हैयाले जेएनयूमा छँदादेखि नै खुलेर आन्दोलनको नेतृत्व गरेका थिए । सरकारले उनलाइ पक्राउ समेत गरेको थियो । विद्यार्थी तथा प्रतिपक्षको विरोध पश्चात उनलाइ सरकारले रिहा गरेको थियो । त्यसपछि भने गरिबी, जातीय विभेद्, धार्मिक अतिवादका विरुद्ध भारतका विभिन्न शहरहरुमा भाषण गर्दै हिडेका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगर गुजरातमा पनि उनले भाषण गरेका थिए ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live