कन्हैया कुमारलाइ बलिउड अभिनेत्रीको दरिलो समर्थन

कन्हैया कुमारलाइ बलिउड अभिनेत्रीको दरिलो समर्थन

कन्हैया कुमारलाइ बलिउड अभिनेत्रीको दरिलो समर्थन

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआइबि संवाददाता, नयाँ दिल्ली
भारतमा शुरु भएको लोकतन्त्र निर्वाचनका चर्चित तथा प्रभाशाली युवा उम्मेदवार कन्हैया कुमारको विचारलाइ विद्यार्थीकालदेखि नै समर्थन गर्दै आएकी अभिनेत्री स्वरा भास्कर उनलाइ थप समर्थनमा बिहारको बेगुसराय पुगेकी छन् । भारतीय कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदबारी दिएका कन्हैयाको चुनावी प्रचारमा सघाउन उनी बेगुसराय पुगेकी हुन । आफनो जन्मदिन मंगलबारको दिन उनी बेगुसराय पुगेकी थिइन् । फरक तरीकाले जन्मदिन मनाउने भन्दै कन्हैयाले नामाँकन दर्ता गर्ने क्रममा उनको साथ दिन मंगलबार बेगुसराय पुगेको उनले बताइन । एक चुनावी प्रचारलाइ पहिलो पटक सम्बोधन गरेकी स्वराले आफनो पहिलो राजनीतिक सम्बोधन भएको बताएकी छन् ।

उनले आफनो सम्बोधनको भिडियो ट्वििटरमा शेयर गर्दै लेखेकी पनि छन्, मेरो पहिलो राजनीतिक सम्बोधन बेगुसरायमा कन्हैया कुमारलाइ समर्थन । जय हिन्द, जय भीम, लाल सलाम । भिडियोमा उनले कन्हैयालाइ नयाँ नाम दिएकी छन, ‘जिया हो बिहार के लाला’ भन्दै सम्बोधन गरेकी छन् । उनले कन्हैयाको जितकोलागि कामना पनि गरिन । कन्यैयालाइ जिताउन आह्वान गर्दै उनको पक्षमा मतदान गर्न उनले आमसभालाइ संबोधन समेत गरेकी छन् ।

मंगलबार आफनो जन्मदिनको दिन बेगुसराय पुगेकी भास्करले कन्हैयाको मुद्दा र विचारलाइ समर्थन गरेको बताइन् । कन्हैयाले समग्र भारतीय चिंतित रहने जनताको मुद्दालाइ उठाएका छन् । ‘संवैधानिक मूल्य र भारतीय संविधानकालागि खतरा, बेरोजगारी,माँब लिचिंग, सामाजिक न्याय लगायतका मुद्दाहरु तर्फ ध्यान केन्द्रित गर्नु आवश्यक छ जसले भारतीय जनताको जीवन सहज र सरल बनाउछ सदी, स्वराले भनिन । मलाइ लाग्छ एक जिम्मेबार देशभक्त भारतीय नागरिकको रुपमा हामी सबै यो विचारधारा या प्रकृयासँग जोडिएको हुनुपर्छ ,’ उनले थपिन ।
जवाहरलाल विश्व विद्यालयका विद्यार्थी युनियनका पूर्व अध्यक्ष कन्हैयालाइ समर्थन गर्न स्वराका साथै कन्हैयाका साथी तथा गुजरातका युवा साँसद जिग्ने मेवानी , जेएनयूवा पूर्व विद्यार्थी नेता शिला रसिद , लेखक गुरमेहर कौर समेत बेगुसराय पुगेका छन् ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live