नेपाल–चीन संयुक्त वक्तव्य : नेपालको विकास र समृद्धिमा बीआरआई महत्वपूर्ण /Nepal-China joint statement

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआईबि संवाददाता,काठमाडौं

दुइ दिने भ्रमण सकेर चीनका राष्ट्रपति सी चिनफिङ बेइजिंङ फर्किएपछि नेपाल– चीन संयुक्त वक्तव्य जारी गरिएको छ । शनिबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको रात्रीभोजमा दुइ समकक्षीले दिएको छुट्टाछुटै स्वागत मन्तव्य र सम्बोधनमा बोलिएका लगभग सबै कुरा संयुक्त वक्तव्यमा समेटिएको छ ।

चिनियाँ राष्ट्रपतिको ऐतिहासिक नेपाल भ्रमणबाट नेपाल र चीनबीचको सम्बन्धमा नयाँ आयाम थपिएको उल्लेख छ ।

दुवै देशले एकअर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई ध्यानमा राख्दै एकअर्काको चासो र सरोकारलाई सम्मान गर्ने भनिएको छ ।

नेपाली पक्षले एक चीन नीतिप्रतिको प्रतिवद्धता दोहोरयाउँदै ताइवान चीनको अभिन्न अंग रहेको र तिब्बत चीनको आन्तरिक मामिला भएको स्पष्ट पारेको छ। नेपाली भूमीबाट चीन विरुद्धको कुनै पनि गतिविधि हुन नदिने प्रतिवद्धता नेपालले संयुक्त वक्तव्यमा पनि दोहरयाएको छ ।

बीआरआई

वक्तव्यमा मुख्य रुपमा बेल्ट एण्ड रोड इनिसिएटिभलाइ चीन र नेपाल दुवैले एक महत्वपूर्ण अवसरको रुपमा लिएको बताइएको छ । वक्तव्यमा भनिएको छ , ‘नेपाल र चीनले बीआरआईलाइ सबै क्षेत्रहरुमा पारस्परिक रुपले फाइदा पुरयाउने सहयोगलाइ वृहत्तर रुपमा लिने,साझा रुपमा समृद्धि ल्याउने र यस क्षेत्रमा शान्ति, स्थायित्व र विकास कायम गर्न आफूलाइ समर्पण गर्ने एक महत्वपूर्ण अवसरको रुपमा लिएको छ । नेपाल र चीनबीचको सम्बन्ध नयाँ चरणमा प्रवेश गरेको छ ।’

राजनीतिक स्थायित्व, सामाजिक सद्भाव र द्रुत आर्थिक विकासका आधारमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अवधारणालाई चीन सरकारको सहयोग कायम रहने पनि वक्तव्यमा उल्लेख छ। सन् २०३० सम्मे अति कम विकसित मुलुकबाट मध्यम आय मुलुकतर्फ लैजाने नेपालको विकास एजेन्डामा चीनको बीआआई परियोजनाबाट लाभ लिन र दिन दुवै मुलुक तयार रहेको वक्तव्यमा उल्लेख छ ।

‘कनेक्टिभिटी संजाल बिस्तार गर्न बीआरआईमा नेपालले गरेको संझौता अनुरुप ट्रान्स हिमालयन बहुआयामिक सम्पर्क सन्जालको फ्रेम वर्क भित्र रहेर बन्दरगाह, सडक,रेल्वे, हवाइ यातायात तथा सुचना आदान प्रदानको विकासमा गर्नेमा दुवै पक्ष सहमत भएका छौं, वक्तव्यमा भनिएको छ।

केरुङ–काडमाडौं रेलमार्गको संभाव्यता अध्ययन गर्ने संझौता संयुक्त वक्तव्यमा राखिएको छ । त्यसैगरि काठमाडौ पोखरा लुम्बिनी सम्मको रेलमार्ग बिस्तारको विषयमा पनि दुवै पक्ष सहमत भएका छन् ।

रेल्वे, सडक तथा सुरुङ मार्गका साथै जलमार्ग तथा पानीजहाजका का नेपाली प्राविधिक मानव संसाधनलाइ चीनले तालिम दिन सहयोग गर्नेछ ।

दुवै पक्षले दुइ मुलुकका नागरिक उडड्यन प्राधिकरणहरुले हवाई अधिकारको व्यवस्था बिस्तार गर्ने सम्बन्धमा भएको सहमतिलाइ स्वागत गरेका छन् । पोखरा अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्यलाइ द्रुत गतिमा सम्पन्न गर्ने र चाँडै संचालनमा ल्याउने सहमति गरेका छन् ।

दुवै पक्षले नेपालको निर्यात व्यापार बिस्तार गर्न नेपालमा बुहप्रयोगात्मक प्रयोगशाला स्थापनाकोलाग प्राविधिक सहयोग प्रदान गर्ने कुरामा विचार गर्ने भनिएको छ । तातोपानी भंसार निरिक्षण स्टेशनलाइ पूर्ण रुपमा कार्यान्वयनमा ल्याउन सहयोग गर्ने सहमति भएको छ ।

चिनियाँ बैंकहरुलाइ नेपालमा शाखा र अन्य वित्तिय सेवाहरु खोलेर दुवै मुलुकबीचको व्यापार र लगानीलाइ सहज बनाउन सहयोग गर्नेछ ।

यातायात पारवहन संझौताको प्रोटोकलको परिचालनकालागि दुवै पक्षले आफनो आन्तरिक प्रकृयाहरु चाँडै सम्पन्न गर्ने सहमति भएको छ ।

चीनको सिचुवान प्रान्तको छेङ्दुमा नेपालको महावाणिज्य दूतावास स्थापना गर्ने विषयमा समझदारी भएको संयुक्त वक्तव्यमा उल्लेख छ ।

पाँच पृष्ठको संयुक्त वक्तव्यको पुरा विवरण

Joint Statement Between china and nepal—china


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live