नेपाल भारत संयुक्त आयोग बैठक शुरु

काठमाडौंको दरबारमार्ग स्थित याक एण्ड यति होटलमा शुरु भएको नेपाल भारत संयुक्त आयोगको बैठक । तस्बीर श्रोतः भारतीय दूतावासको ट्वििटर

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपाल भारत संयुक्त आयोग बैठक

एनआइबि संवाददाता,काठमाडौं

नेपाल भारत संयुक्त आयोगको पाँचौं बैठक काठमाडौंमा शुरु भएको छ । दरबारमार्गस्थित होटल याक एण्ड यतिमा शुरु भएको बैठकमा द्धिपक्षिय आर्थिक सुदृढताका समग्र विषयमा बृहत छलफल हुँदैछ । नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र भारतका तर्फबाट विदेश मन्त्री सुब्रमन्यम जयशंकरले अगुवाइ गरेका छन् ।

बैठकमा द्धिपक्षिय सम्बन्धको समग्र अवस्थाको पूनरावलोकनका साथै पारस्परिक सम्बन्धमा विश्वासको अभिवृद्धिका हरसंभव प्रयास गरिने परराष्ट्र मन्त्रालयको भनाइ छ । भारतको भने सीमा सुरक्षा र बाढी नियन्त्रण्मा बढि जोड रहने बुझिएको छ । जल स्थल र हवाइ मार्गबाट सम्पर्क सन्जालका बारेमा समेत यो बैठकमा छलफल हुँदैछ । बैठकमा राजनीतिक, सीमा सुरक्षा, डुवान समस्या, आर्थिक सहयोग तथा पूर्वाधार निर्माण, ऋण, कृषि क्षेत्रको विकास, सडक निमार्ण, रेल कनेक्टिभिटी लगायतको समग्र विषयमा छलफल हुनेछ ।

बैठक निर्धारित समय भन्दा झण्डै घण्टा ढिलो शुरु भयो । प्रम ओली र जयशंकर बीचको भेटवार्ता लम्बिएका कारण बैठक ढिलो शुरु भएको हो ।

प्रधानमन्त्रीस्तरीय पछि द्धिदेशीय हितका समग्र विषयमा छलफल हुने परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोग नै सबैभन्दा ठूलो द्धिपक्षिय संयत्र हो । यो सन् १९८७ स्थापना भएको हो । तर त्यसको २२ वर्षपछि यसको पहिलो बैठक बसेको थियो ।

२६–२७अक्टोबर २०१६मा नयाँ दिल्लीमा बसेको आयोगको चौथो बैठकमा संयुक्त छलफललाइ विदेश सचिवको रुपमा नेतृत्व गरेका थिए । पाँचौ बैठकमा उनी विदेशमन्त्रीको रुपमा भाग लिएका छन् । मोदी सरकारको दोश्रो कार्यकालका विदेशमन्त्री जयशंकर यो भुमिकामा पहिलो पटक नेपाल आएका हुन् ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live