विदेशमन्त्री जयशंकर काठमाडौ पुगे

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भारतीय विदेशमन्त्री एस.जयशंकरलाइ स्वागत गर्दै परराष्ट्र सचिव शंकरदास बैरागी तस्बीर श्रोतः परराष्ट मन्त्रालय , काठमाडौं

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआइबि संवाददाता,नयाँ दिल्ली

भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौ पुगेका छन् । नेपाल भारत संयुक्त आयोगको पाँचौ बैठकमा भाग लिन उनी काठमाडौ पुगेका हुन् । बंगलादेश भ्रमणमा रहेका जयशंकर उतैबाट काठमाडौ पुगेका हुन् । विमानस्थलमा नेपालका परराष्ट्र सचिव शंकर बैरागीले स्वागत गरेका थिए भने अति विशिष्ट कक्षमा भारतकालागि नेपाली राजदूत नीलाम्बर आचार्यले स्वागत गरे ।

विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गर्दै भारतकालागिन नेपाली राजदूत निलाम्बर आचार्य

बुधबार र विहिबार बस्ने द्धिपक्षिय बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको नेतृत्वमा २५ सदस्यीय भन्दा बढी नेपाली प्रतिनिधि मण्डलले विभिन्न विषयमा समूहगत रुपमा भारतीय पक्षसँग छलफल गर्ने तयारी रहेको परराष्ट्रमन्त्रालले जानकारी गराएको छ । प्रधानमन्त्रीस्तरीय पछि द्धिदेशीय हितका समग्र विषयमा छलफल हुने परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको बैठक नै ठुलो बैठक हो । बैठकमा राजनीतिक, सीमा सुरक्षा, डुवान समस्या, आर्थिक सहयोग तथा पूर्वाधार निर्माण, ऋण, कृषि क्षेत्रको विकास, सडक निमार्ण, रेल कनेक्टिभिटी लगायतको विषयमा छलफल हुनेछ ।

२६–२७अक्टोबर २०१६मा नयाँ दिल्लीमा बसेको आयोगको चौथो बैठकमा संयुक्त छलफललाइ विदेश सचिवको रुपमा नेतृत्व गरेका थिए । पाँचौ बैठकमा उनी विदेशमन्त्रीको रुपमा भाग लिदैछन् । मोदी सरकारको दोश्रो कार्यकालका विदेशमन्त्री जयशंकर यो भुमिकामा पहिलो पटक नेपाल जाँदैछन् । काठमाडौंमा रहँदा जयशंकरले उच्च राजनीतिक भेटवार्ता गर्नेछन् । उनले राष्ट्रपति, प्रधानमन्त्री, राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गर्नेछन् । बिहीबार नै विदेशमन्त्री जयशंकर भारत फर्किने कार्यक्रम छ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live