जेटलीको स्वास्थ्य अवस्था नाजुक

तस्बीर साभारःअरुण जेटली डट कम

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआइबि संवाददाता,नयाँ दिल्ली

पूर्व वित्त मन्त्री तथा भारतीय जनता पार्टीका वरिष्ठ नेता अरुण जेटलीको स्वास्थ्य अवस्था नाजुक रहेको छ । एम्स अस्पतालमा भर्ना रहेका जेटलीको स्वास्थ्य अवस्थाका बारे जानकारी लिन भारतीय राष्ट्रपति रामनाथ कोविन्द, गृहमन्त्री अमित शाह, तथा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ अस्पताल पुगेका थिए ।

राष्ट्रपति कोविन्द शुक्रबार दिउँसो अस्पताल पुगेका थिए भने शाह र आदित्यनाथ मध्य रात(११ बजेर १५ मिनेट) राती अस्पताल पुगेका थिए । यस अघि नै अस्पतालमा स्वास्थ्यमन्त्री हर्षवद्र्धन र स्वास्थ्य राज्यमन्त्री अश्विनी चौबे पुगिसकेका थिए ।

जेटलीको स्वास्थ्य अवस्था नाजुक रहेको भारतीय संचारमाध्यमले श्रोतलाइ उद्धृत गरेर लेखेका छन् । अतिसघन कक्षमा राखेर जेटलीको उपचार भइरहेको छ । उनको उपचारमा विभिन्न क्षेत्रका विशेषज्ञ चिकित्सकहरुको समुह सहभागी छन् । श्वास प्रश्वास असजिलो र असहज भएपछि गत ९ अगस्तमा जेटलीलाइ अस्पताल भर्ना गरिएको हो ।

गत वर्ष देखिनै उनको स्वास्थ्यमा गिरावट आइरहेको थियो । अघिल्लो वर्ष १४मेमा एम्स अस्पतालमा जेटलीको मृगौला प्रत्यारोपण गरिएको थियो । जति बेला वित्त मन्त्रालयको कार्यभार तात्कालिन रेल मन्त्री पियुष गोयलले संभालेका थिए ।
पेशाले वकिल जेटली भाजपा सरकारको पहिलो कार्यकालमा मोदी सरकारको मन्त्रीमण्डलको अभिन्न हिस्सा थिए । उनले वित्त र रक्षा मन्त्रालय दुवैको कार्यभार संभालेका थिए । आफ्नो खस्कदो स्वास्थ्य अवस्थाका कारण नै जेटलीले २०१९को लोकसभा चुनावमा भाग लिएनन् । उनले प्रधानमन्त्री मोदीलाइ पत्र लेखेर नै सरकारमा सहभागी नगर्न आग्रह गरेका थिए ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live