भारतका वरिष्ठ कार्टुनिष्ट जयन्तो बेनर्जीले अरुण जेटलीको निधनमा श्रद्धान्जलि स्वरुप तयार पारेको एक्स्क्लुसिभ डिजिटल स्केच ।

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआइबि संवाददाता,नयाँ दिल्ली

७ अगस्तमा जेटलीले अन्तिम दुइवटा टिविट गरेका छन् । पूर्व विदेशमन्त्री सुषमा स्वराजको निधनमा शोक व्यक्त र तुलसीदासको जन्मजयन्तीमा शुभकामना व्यक्त यी दुइ नै उनको अन्तिम टिविट भएको छ । मोदी सरकारले जम्मु कश्मीरको विशेषाधिकार खारेज गरेपछि उनी निकै उत्साही देखिएका थिए । सरकारको ५ अगस्तमा गरेको निर्णय पछि सोही दिन मोदी र गृहमन्त्री अमित शाहलाइ बधाइ दिदै १० वटा टिविट गरेका थिए । त्यसलगत्तै ६ अगस्तमा ११ टिविट गरेका जेटलीले धारा ३५ (क)मा लेखेको २८ मार्च २०१९को ब्लग रिपोष्ट गरेका छन् । उनले धारा ३७०को सम्बन्धमा सरकारले गरेको निर्णय राष्ट्रिय एकीकरणको दिशामा एउटा महत्वपूर्ण कदम हो भन्दै टिविट गरेका थिए ।

एकै महिनामा भारतीय जनता पार्टीले आफ्ना दुइ प्रभावशाली नेता गुमाएको छ । गत ६ अगस्तमार भाजपाकी प्रभावशाली नेतृ तथा पूर्व विदेशमन्त्री सुषमा स्वराजको निधन भएको थियो । उनी ६७ वर्षकी थिइन । यता भाजपाले २४ अगस्तमा अर्का दिग्गज नेता तथा पूर्व वित्तमन्त्री अरुण जेटलीलाइ गुमाएको छ । उनी ६६ वर्षका थिए ।

त्यसैगरि गत अगस्तमा काँग्रेस वरिष्ठ नेतृ तथा दिल्लीकी पूर्व मुख्यमन्त्री शीला दीक्षितको पनि निधन भएको थियो । दिल्लीमा सबैभन्दा लामो समयसम्म मुख्यमन्त्री बन्न सफल काँग्रेस नेतृ दीक्षितले ८१ वर्षको उमेरमा देहत्याग गरिन् ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live