पूर्वप्रधानमन्त्री भट्टराइ र विदेशमन्त्री जयशंकरले संझिए पुराना दिन

तस्वीर श्रोतः डा बाबुराम भट्टराइको फेसबुक

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआईबि संवाददाता,काठमाडौं

पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराइले भारतीय विदेशमन्त्री एस जयशंकरसँग को भेटवार्तामा नेपाल भारत सम्बन्धका विविध पक्षबारे छलफल गरेको बताएका छन् । उनले फेसबुकमा तस्वीर पोष्ट गर्दै भने , नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेशमन्त्री जयशंकरसँग नेपाल भारत सम्बन्धका विविध पक्षबारे छलफल ।

नयाँ दिल्लीको जवाहरलाल विश्वविद्यालयका विद्यार्थीद्धय भट्टराइ र जयशंकरले पुरानो दिनको संझना पनि गरेका छन् । भट्टराइले यो कुराको जानकारी फेसबुकबाट साझा गरेका छन् । उनले पोष्टमा लेखेका छन् , ’हामी दुबै पढेको जेएनयुका पुराना साथीहरुको रोचक स्मरण ।’ द्धारिकाज होटलमा उनले जयशंकरलाइ भेटेका हुन् ।

नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेशमन्त्री डा. सुब्रह्मण्यम् जयशंकरसंग नेपाल-भारत सम्बन्धका विविध पक्षबारे छलफल!हामी दुवै पढेको JNU का पुराना साथीहरूको पनि रोचक स्मरण!

Posted by Dr. Baburam Bhattarai on Thursday, 22 August 2019

त्यसैगरि जयशंकरलाइ भेटन उप प्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव पनि भट्टराइ सँगै पुगेका थिए । भेटमा नेपालकालागि भारतीय राजदूत मंजीवसिंह पुरी तथा सहसचिव पियुष श्रीवास्तव पनि संगै थिए ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live