नेपालमा लगानी बारे गुजरातका उद्योगी व्यवसायीबीच आर्थिक संवाद

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआइबि संवाददाता, नयाँ दिल्ली
गुजरातका संभावित लगानीकर्ताहरुलाइ नेपालमा लगानीकालागि आकर्षित गर्ने उद्धेश्यले गुजरातको अहमदाबादमा आर्थिक सम्मेलन सम्पन्न भएको छ । गुजरात उद्योग वाणिज्य संघसँगको सहकार्यमा नेपाली दूतावासले आयोजना गरेको एक दिने सम्मेलनमा नेपालमा लगानीको संभावना तथा पर्यटन वर्ष २०२० बारे छलफल भएको थियो । भर्खरै नेपाल सरकारले वैदेशिक लगानीको प्रवेशमा अवरोध पुरयाएका नीति नियमहरु परिमार्जन गरेको छ । सम्मेलनमा सरकारका लगानी मैत्री नीति नियमबारे गुजरातका उद्योगी व्यवसायीहरुलाइ जानकारी गराउँदै नजिकिदै गएको लगानी सम्मेलनमा सहभागी हुन दूतावासले आह्वान गरेको छ ।
सम्मेलनमा नेपाली दूतावासका इकोनोमिक मिनिष्टर कृष्णहरि पुष्करले आउँदो लगानी सम्मेलनबारे जानकारी गराउँदै पर्यटन वर्ष २०२०को प्रचार प्रसार गर्ने गरि कार्यपत्र प्रस्तुत गरेका थिए । परिमार्जित वैदेशिक लगानी ऐनले विदेशी लगानीको सुरक्षाको प्रत्याभुति दिएको जानकारी गराउँदै पुष्करले लगानीकर्तालाइ शिक्षा,स्वास्थ्य, पर्यटन , जलविद्युत लगायतका नयाँ संभावना भएका क्षेत्रहरु बारे लगानी सम्मेलनमा बिस्तृत जानकारी गराइने उल्लेख गरे ।
उनले सरकारले २० लाख पर्यटक भित्रयाउने लक्ष्य सहित आयोजना गर्न लागेको नेपाल भ्रमण वर्षकालागि उद्योगी व्यवासायीहरुलाइ गुजरातमा नेपाल गन्तव्यको प्रचास प्रसारकालागि समेत आग्रह गरे ।
कार्यक्रममा गुजरात उद्योग वाणिज्य संघका अध्यक्ष डा जाइमिन वासाले राजनीतिक स्थिरता पछि नेपाल तीब्र आर्थिक विकासको पथमा अघि बढेको भन्दै लगानीकालागि उपयुक्त अवसर भएको उल्लेख गरे । संघका वैदेशिक व्यापार समितिका सभापति पदमिन बचले नेपाल भारतबीच आयात निर्यातको सहजताकालागि आउँदो समयमा गुजरातको मुन्द्रा बन्दरगाहको संभाव्यता औंल्याएकी थिइन् ।
दशक अघिदेखि नेपालमा व्यवसाय गर्दै आएका ब्यूम्याको फेब्रिक लिमिटेडका प्रवन्ध निर्देशक भरत छाजरले नेपाल सरकारको कानुन र शासकीय व्यवस्थाको प्रशंसा गर्दै विश्वमै लगानी मैत्री मुलुकको रुपमा नेपाल अग्रस्थानमा रहेको बताए ।
सम्मेलनमा सहभागी उद्योगी व्यवसायीहरुले पर्यटकीय प्रवद्र्धनकालागि गुजरात र नेपालबीच सिधा हवाइ सेवाको आवश्यक्ता औंल्याएका थिए । कार्यक्रममा गुजरातको स्वास्थ्य, पर्यटन, खाद्य क्षेत्रका नेपाली तथा भारतीय उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो । यसअघि दूतावासले मुम्बइ , दिल्ली, चेन्नइ लगायतका स्थानमा लगानी सम्मेलन सम्पन्न गरिसकेको छ ।
नेपाल सरकारले दुइ वर्ष अघि सम्पन्न गरेको पहिलो लगानी सम्मेलनमा विभिन्न साना ठूला परियोजनाकालागि करीब १४ अर्ब बराबरको लगानी चासो आएको सरकारको दाबी थियो । चीनको चासो सबैभन्दा बढि थियो भने भारतको दोश्रो स्थानमा थियो । दुइ वर्षको अवधिमा मात्र ४ अर्ब डलर बराबरको लगानीको प्रारम्भिक कार्य शुरु भएको छ । जसमा चीनले जलविद्युतमा गरेको लगानीको अनुपात बढि रहेको लगानी बोर्डका कार्यकारी प्रमुख महाप्रसाद अधिकारीले दिल्लीमा सम्पन्न सम्मेलनमा सहभागी हुँदा बताएका थिए । अघिल्लो सम्मेलनमा देखिएका लगानी चासोलाइ क्यास गर्न नसक्नुमा सरकारको पनि कमी कमजोरी रहेको उनले स्पष्ट पारेका थिए । यस पटकको लगानी सम्मेलनमा विगतका कमी कमजोरी सच्याएर अघि बढने सरकारको प्रयास रहेको छ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live