सलमान–आलियाको ‘इन्शाल्लाह’ नबन्ने

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भंसालीको ‘इन्शाल्लाह’ किन रोकियो ?

एनआइबि संवाददाता,नयाँ दिल्ली

निर्माता निर्देशक संजय लीला भंसाली र सलमान खान–आलिया भट्ट अभिनित चलचित्र ‘इन्शाल्लाह’ हाललाइ नबन्ने भएको छ । यो चलचित्रबाट सलमान खानले हात झिकेका छन् । जसका कारण यो फिल्मको निर्माण अनिश्चितकालकालागि बन्द भएको छ । भंसालीको प्रोडक्सन हाउसले सलमान आलिया अभिनित इन्शाल्लाहको निर्माण अनिश्चितकालकालागि स्थगित गरेको पुष्टि गरेको छ ।

भंसाली र सलमानका बीच चलचित्रका विषयमा रचनात्मक मतभेद(क्रियटिभ डिफरेन्सेज) भएका कारण सलमानले हात झिकेको भारतीय संचारमाध्यमहरुले बताएका छन् । यद्यपि सलमानले चलचित्रमा आफू नभएपनि भंसालीले यो फिल्म निर्माण गरुन भन्ने चाहेको र आफूहरु दुबै असल मित्र रहिरहने बताए । भंसालीले आफ्नो चलचित्रसँग कहिल्यै पनि धोखा नगर्ने दाबी गर्दै भारतीय संचारमाध्यममा सलमानले भने , ‘खामोशीमा काम गर्न शुरु गर्नु अघिदेखि नै संजय मेरा मित्र हुन् । उनी मनिषा कोइराला मार्फत मकहाँ आएका थिए । त्यसपछि हामीले हम दिल दे चुके सनममा संगै काम गरयौं । मलाइ यो फिल्मको कथावस्तु मन परयो अनि हामीले संगै काम गर्ने निर्णय गरयौं ।’

उनले थप्दै भने , संजयले आफ्नो चलचित्रसँग कहिल्यै गद्दारी गर्ने छैनन यति कुरा म भन्न सक्छु । त्यसैले म चाहन्छु संजयले जसरी बनाउन चाहेका छन् त्यसरी नै यो चलचित्र बनाउन । हामीबीच केहि पनि परिवर्तन भएको छैन् र मलाइ विश्वास छ संजयको मनमा पनि मेरोलागि कुनै परिवर्तित भाव छैन । म उनको आमा लीला र बहिनी बेलासँग निकै नजीक छु । मेरो तर्फबाट उनलाइ शुभकामना । हामी भविष्यमा एक साथ कुनै फिल्ममा काम गर्न सक्छौं , इन्शाल्लाह भन्दै उनले आफनो टुग्याएका छन् ।

शुटिंग फ्लोरमा जानु एकदिन अघि बन्द भयो चलचित्र

शुटिंग फ्लोरमा जानु एकदिन अघि यो फिल्म बन्द गरिएको छ । भारतीय संचारमाध्यमले श्रोतको हवाला दिदै लेखे अनुसार सलमान फिल्मको पहिरनमा परिवर्तन गर्न चाहन्थे । उनी फिल्मको पहिलो एक घण्टाको कथावस्तुमा खुशी थिए तर अन्त्यमा उनको आपत्ति थियो । उनले भंसालीलाइ बाँकी कथावस्तुलाइ परिमार्जन गर्न आग्रह गरेका थिए । यहाँ सम्म कि प्रोेडक्सन टीमले पहिलो दिनको शुटिंगको समय निर्धारित गरिसक्दा सम्म पनि भंसारी र सलमान कथावस्तुमा एकमत हुन सकेनन् । भंसाली यसलाइ प्रेमकथाको रुपमा प्रस्तुत गर्न चाहन्थे भने आगामी ईदको अवसरमा रिलिज गर्ने तय गरिएको फिल्ममा प्रेमकथा एउटा भाग हुनुपर्ने सलमानको भनाइ थियो । भंसालीले आफ्ना अभिनेतालाइ सम्मान गर्छन र उनीहरुको सुझावलाइ स्वागत पनि गर्छन तर उनको कथाको विषयबस्तु नै परिवर्तन गर्ने कुरामा सहमत हुँदैनन् त्यसैले उनले यो फिल्मको निर्माण नै रोक्ने निर्णय गरेका हुन् ।

भंसाली अर्को चलचित्र तर्फ केन्द्रित

सलमानको विकल्प खोज्नु भन्दा उनको अर्को रोमान्टिक फिल्म इजहारको निर्माण तर्फ भंसालीले ध्यान केन्द्रित गर्न सक्ने संचारमाध्यमहरुले लेखेका छन् । यो फिल्मकालागि शाहरुख खानसँग कुराकानी भइरहेको छ । आगामी इद सम्ममा यो चलचित्र आउन नसक्ने भएको छ ।  बुधबारदेखि ‘इन्शाल्लाह’ फ्लोरमा जाने थियो । फिल्मका सेटहरु पनि तयार भइसकेका थिए । सलमान र भंसालीले गोप्य कुराकानी गरेर फिल्मलाइ अगाडि बढाउन नसकिने निर्णय गरेको संचारमाध्यमले लेखेका छन् ।

ईदमा सलमानको ‘किक२’ रिलिज हुन सक्ने

‘इन्शाल्लाह’२०२०को ईदमा रिलिज गर्ने घोषणा गरिएको थियो तर यसको निर्माण बन्द भएपछि सलमानले आगामी ईदमा उनको किक चलचित्रको दोश्रो भाग रिलिज गर्न सक्ने संकेत दिएका छन् । ‘इतना मत सोचना मेरे बारेमे,दिल मे आता हुँ,ईद पे भि’ किक चलचित्रको हिट डायलग नै लेखेर उनले संकेत दिएका छन् । इन्शाल्लाहको एउटा पोस्टर समेत आइसकेको थियो । सलमानले प्रत्येक वर्ष ईदमा एउटा चलचित्र रिलिज गर्ने रेकर्ड कायम राख्दै आएका छन् ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live