भारतले प्याजको निर्यातमा पूर्ण रोक लगायो,नेपाली बजार प्रभावित

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआईबि संवाददाता,नयाँ दिल्ली,काठमाडौं

भारत सरकारले प्याजको निर्यातमा पूर्ण रुपमा रोक लगाएको छ । आन्तरिक बजारमा प्याजको मूल्य निरन्तर बढन लागेपछि भारत सरकारले यसको निर्यातमा पूर्ण रोक लगाएको हो । । दिल्ली लगायत आसपासको राज्यमा प्याजको खुद्रा मूल्य ८० रुपैया(१२८ नेपाली रुपैया) प्रतिकिलो पुगेको छ ।

भारतको केन्द्रिय वाणिज्य तथा उद्योग मन्त्रालयले आइतबार विदेश व्यापार महानिर्देशनालय(डीजीएफटी)लाइ प्याज निर्यातमा अर्को आदेश नआएसम्म पूर्णरुपमा रोक लगाउन निर्देशन दिएको छ । निर्यात सँगै सरकारले थोक व्यापारीहरुकालागि प्याजको भण्डारणको सीमा पनि तोकिदिएको छ । थोक व्यापारीहरुकालागि ५००० किलो(५०० क्वीन्टल) र खुद्रा व्यापारीकालागि १००० किलो(१०० क्विन्टल) भन्दा बढी प्याज भण्डारण गर्न नपाउने व्यवस्था गरेको छ । तोकिएको सीमा भन्दा बढि भण्डारण गर्नेलाइ कडा कारवाही गर्ने पनि सरकारले चेतावनी जारी गरेको छ।

तोकिएको न्यूनतम मूल्य भन्दा कममा श्रीलंका र बंगलादेशमा प्याज निर्यात भइरहेको भन्दै सरकारले यस्ता व्यापारीहरुलाइ कडा कारवाही गर्ने चेतावनी समेत दिएको हो । डीजीएफटीले प्याजको न्यूनतम निर्यात मूल्य ६० हजार रुपैया प्रति टन तोकेको थियो ।

भारतीय बजारमा अगस्तदेखि प्याजको खुद्रा मूल्य बढन शुरु भएको थियो । यति बेला दिल्ली लगायत कोलकात्ता, चेन्नइ लगायतका राज्यहरुमा प्याजको मूल्य प्रतिकिलो ३५भारु(५५.८८नेरु) रुपैयाबाट बढेर ८०भारु (१२७.७२नेरु)पुगेको छ ।
कर्नाटक र महाराष्ट्र लगायतका राज्यहरुमा आएको बाढीका कारण प्याजको आपूर्ति घटन थाल्यो । त्यसपछि बजारमा भण्डारण गर्ने व्यापारीहरु कालाबजारी गरेर मूल्य बढाउन शुरु गरेको भन्दै सरकारले यो कदम उठाएको छ ।

यस अघि यही महिनाको दोश्रो साता भारत सरकारले निर्यातको न्यूनतम मूल्य तोकेको थियो । यसले निर्यात केहि हदसम्म घटयो । तर पूर्णतया रोकिएन र आन्तरिक बजारको आपूर्ति संतुलित हुन नसकेको सरकारको अनुगमनले देखायो ।

सरकारले उपभोक्तालाइ राहत दिन देशभरिकालागि बफर स्टकबाट ५० हजार टन प्याज बजारमा पठाएको छ । यता दिल्ली सरकारले मदर डेयरी लगायत नाफेड र अन्य सहकारी संस्थाहरु मार्फत २३.९० रुपैया प्रतिकिलो मा प्याजको सहुलियत बिक्री शुरु गरिसकेकोछ । निर्यातमा पूर्ण रुपले प्रतिबन्ध लगाएपछि बजारमा आपूर्ति बढने आशा गरिएको छ । यसले आन्तरिक बजारमा मूल्य घटने अनुमान गरिएको छ ।

नेपाली बजार प्रभावित

नेपाली बजारमा आन्तरिक माँगको लगभग ९५ प्रतिशत बढि प्याज भारतबाट निर्यात हुने गरेको छ । भारत सरकारले लिएको यो नीतिले नेपाली बजारमा प्याजको मूल्य झन बढने देखिन्छ । अहिले नेपाली बजारमा प्याजको खुद्रा मूल्य १५० रुपैया प्रतिकिलो(९३.७५ भारतीय रुपैया) पुगेको छ ।

नेपालमा प्याजको खासै उत्पादन हुँदैन् । काठमाडौ उपत्यकामा मात्रै दैनिक २ सय ७० मेट्रिक टन प्याजको खपत हुने गरेको छ । भारतको नासिक, इनदौर , कानपुर, चण्डीगढ, लखनउ, गोरखपुर र सिमलाबाट नेपालमा प्याज निर्यात हुने गरेको छ ।

प्याज खेतीकालागि एशियाकै ठूलो बजार मानिने महाराष्ट्रको लासल गाउँमा नै प्याजको मूल्य ५० रुपैया (८० नेरु) पुगेको छ । यो संगै नेपाली बजारमा पनि भाउ बढदै गएको हो ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live