भारतमा दोश्रो चरणको मतदान शुरु, ९५ सिटकालागि मतदान हुँदै

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआइबि संवाददाता, नयाँ दिल्ली

भारतमा लोकसभा चुनावको दोश्रो चरणको मतदान विहिबार शुरु भएको छ । १२ राज्य तथा केन्द्र शासित एक राज्यमा ९५ सिटकालागि मतदान हुँदैछ । दोश्रो चरणमा आसाम, बिहार, छत्तीसगढ, जम्मु कश्मिर,कर्नाटक, महाराष्ट्र,मणिपुर, उडिसा, पुद्दुचेरी, तामिलनाडु, त्रिपुरा,उत्तर प्रदेश र पश्मिल बंगालकोलागि मतदान हुँदैछ।पहिलो चरणमा गत ११ अप्रिलमा १८ राज्य तथा केन्द्र शासित २ राज्यका कुल ९१ सिटकालागि को मतदान भएको थियो ।

दोश्रो चरणमा ९६ सिटकालागि चुनाव हुने तय थियो । त्रिपुराको एक सिट रद्द गरिएका कारण ९५ सिटमा मात्र मतदान हुन लागेको हो । कानुन व्यवस्थाको कारण देखाउँदै यो स्थानको चुनाव रद्द गरिएको छ ।
त्यसै गरि तामिलनाडुको कुल ३९ सिट मध्ये ३८ सिटकालागि मात्र मतदान भइरहेको छ । तामिलनाडुको वेल्लोर सीटको मतदान स्थगित भएको छ । यो सिटकालागि चुनाव आयोगको सिफारिसमा राष्ट्रपतिले मतदान रद्द गरेका हुन् ।
डीएमकेका नेताहरुबाट अत्यधिक मात्रामा नगद बरामद भएपछि चुनाव आयोगले चुनाव रद्द गर्नकालागि राष्ट्रपति रामनाथ कोबिंदलाइ सिफारिस गरेको थियो । मतदातालाइ प्रभावित गर्नकालागि नगदको प्रयोग गरिएको चुनाव आयोगको तर्क थियो ।

उत्तर प्रदेश

उत्तर प्रदेशमा लोकसभाको ८० सिट रहेको छ । केन्द्रमा सरकार बनाउनकालागि उत्तर प्रदेश र बिहार सबैभन्दा बढि महत्वपूर्ण राज्य मानिन्छ । दोश्रो चरणमा यहाँको ८ सिटकालागि मतदान हुँदैछ । नगीना, अमरोहा , बुलंदशहर,अलीगढ,, हाथरस, मथुरा,आगरा र फतेपुर सिक्रीमा मतदान भइरहेको छ ।
भाजपा उम्मेदबार तथा अभिनेत्री हेमा मालिनीका कारण मथुराको सिट चर्चामा रहेको छ । उनी दोश्रो पटक चुनाव लडदैछिन् ।
दोश्रो चरणको चुनावमा काँग्रेसका प्रदेश अध्यक्ष तथा अभिनेता राजबब्बरको भाग्य पनि दाँवमा लागेको छ । उनी फतेपुर सिकरीबाट उम्मेदबार छन् ।

बिहार

बिहारमा लोकसभाको ४० सिट रहेको छ । पहिलो चरणको मतदानमा बिहारको ४ सिटकालागि मतदान भइसकेको छ भने दोश्रो चरणमा ५ सिटकालागि मतदान हुँदैछ । किशनगंज, कटिहार,पूर्णिया , भागलपुर र बाँका क्षेत्रको सिटका लागि मतदान भइरहेको छ ।

कर्नाटक

कर्नाटकको कुल २८ सिट मध्ये १४ सिटकालागि विहिबार मतदान हुँदैछ । २०१४को लोकसभा चुनावमा भारतीय जनता पार्टीले १७ सिटमा जित हासिल गरेको थियो । काँग्रेसले ९ र जेडीएसले दुइ सिट हात पारेको थियो । अघिल्लो चुनावमा काँग्रेस र जेडीएस अलग अलग चुनाव लडेका थिए भने यो पट दुवै मिलेर चुनाव लडदैछन् ।

यो राज्यमा बीजेपीको सबैभन्दा ठूलो चुनौती १७ सिटलाइ बचाउनु रहेको छ । बेंग्लौरको सबै चार सिटका अलाबा माँडया सिटमा सबैको ध्यान केन्द्रित रहेको छ । पूर्व प्रधानमन्त्री एचडी देवेगौडाका नाति तथा वर्तमान मुख्यमन्त्री एचडी कुमारास्वामीका छोरा निखिल चुनाव लडदैछन् ।

अभिनेता प्रकाश राज बेंग्लौर सेन्ट्रलबाट स्वतन्त्र रुपमा चुनाव लडदैछन् । बीजेपीका तेजस्वी सुर्या सबैभन्दा कम उमेरका उम्मेदबार बेग्लौरको दक्षिणबाट चुनावमा उत्रेका छन् ।

असममा कुल चौध सिट मध्ये दोश्रो चरणमा ५ सिटकालागि मतदान हुँदैछ । पहिलो चरणमा ५ सिटकालागि मतदान भइसकेको छ । यसका अलावा दोश्रो चरणमा छत्तीसगढको ३ , जम्मुकश्मीर २ , महाराष्ट्रको १० , मणिपुर १ सिटकालागि मतदान हुँदैछ ।
५ सय ४३ सिटकालागि विभिन्न सात चरणमा विभाजन गरिएको लोकसभा चुनावको अन्तिम चरणको मतदान १९मे मा हुनेछ । २३ मे मा एकसाथ मतगणना शुरु भएर निर्वाचन परिणाम २९ मे मा घोषणा गरिनेछ ।

चुनावी प्रकृया ३९ दिनको रहेको छ । यद्यपि यो भारतको सबैभन्दा लामो चुनाव भने होइन । भारतको सबैभन्दा लामो चुनाव पहिलो आम चुनाव थियो । १९४७ मा बेलायतको शासनबाट स्वतन्त्र भएपछि भारतमा सन १९५१ –५२ मा भएको पहिलो आम चुनाव सबैभन्दा लामो अवधिमा सम्पन्न भएको थियो । यो चुनाव २५ अक्टुबर १९५१मा शुरु भएर २१ फरबरी १९५२मा लगभग चार महिनामा सम्पन्न भएको थियो ।

विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक भारतमा यस पटकको चुनावमा ९० करोडभन्दा बढि मतदाता सहभागि हुँदैछन् । यो संख्या अमेरिकाको मतदाता भन्दा झण्डै ४ गुणाले बढि हो । प्रजातान्त्रिक अभ्यास गर्ने मुलुकमा भारत पछि अमेरिका दोश्रो नम्बरमा आउँछ ।

लोकसभामा ५सय४३ सीटकालागि मतदान भइरहेको छ । बहुमतका आधारमा सरकार बनाउनकालागि कुनै पनि दललाइ २सय७२ सीट आवश्यक पर्छ । अघिल्लो चुनावमा भारतीय जनता पाटीले २ सय ८० सीटमा जित हासिल गरेर मोदी नेतृत्वमा बहुमतको सरकार बनाएको थियो ।

अहिलेको चुनावलाइ प्रधानमन्त्री नरेन्द्र मोदीको अग्नि परीक्षाको रुपमा पनि विश्लेषण गरिएको छ अर्थात मोदीको जनमत संग्रह रुपमा पनि लिइएको छ । यस पटकको चुनावमा नरेन्द्र मोदीका मुख्य प्रतिद्धन्दि काँग्रेसका राहुल गान्धी रहेका छन् ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live