भारतमा लोकसभा निर्वाचनको पहिलो चरणको मतदान शुरु , २० राज्यको ९१ सिटकालागि मतदान हुँदैं

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआइबि संवाददाता, नयाँ दिल्ली
भारतमा सत्रौं लोकसभा चुनाव २०१९को पहिलो चरणको मतदान विहिबारबाट शुरु भएको छ । पहिलो चरणमा १८ राज्य र केन्द्र शासित २ प्रदेश गरेर २० राज्यको ९१ सिटकालागि मतदाताहरुले आफनो मताधिकारको प्रयोग गर्नेछन् । ९१ लोकसभा सिटकालागि कुल १हजार २सय ७९ सिटकालागि उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।
पहिलो चरणको मतदानमा केन्द्रिय मन्त्री जनरल बी.के. सिंह नितिन गडकरी हंसराज अहीर , किरण रिजीजु , काँग्रेसकी रेणुका चौधरी , एआइएमआइएम का असदुद्दीन ओवैसी लगायत छन् । लोक जनशक्ति पार्टीका तर्फबाट बिहारको जमुईबाट चिराग पासवान उम्मेदवार छन् । उनी केबिनेट मिनिस्टर तथा लोक जनशक्ति पार्टीका अध्यक्ष राम विलास पासवानका छोरा हुन् ।
केन्द्रमा सरकार बनाउनकालागि ५ सय ४३ सीटकालागि सात चरणमा हुन लागेको चुनावको मतदान ११ अप्रिल(२८चैत्र२०७५) बाट शुरु भएर १९ मे(५जेठ २०७६) सम्म हुनेछ । चुनावको परिणाम २३ मे(९ जेठ)मा घोषणा हुनेछ ।
पहिलो चरणमा आन्ध्र प्रदेश , अरुणान्चल प्रदेश, मेघालय, उत्तराखण्ड, मिजोरम,नागाल्याण्ड,सिक्किम, लक्ष्यद्धिप , अण्डमान निकोबार द्धीप समुह र तेलंगानाका सबै सिटकालागि मतदानको व्यवस्था मिलाइएको छ । साथै असम बिहार , छत्तीसगढ, जम्मु कश्मीर, महाराष्ट्र, मणिपुर,उडिसा,त्रिपुरा,उत्तर प्रदेश र पश्चिम बंगालमा केहि सिटकालागि मतदान हुँदै छ ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live