भारतको लाइन अफ क्रेडिट बारे काठमाडौंमा दुइ दिने प्रशिक्षण सम्पन्न

तस्वीर श्रोतःभारतीय दूतावास,काठमाडौं

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआईबि संवाददाता, काठमाडौं

भारतीय निर्यात–आयात बैंक(एक्जिम)को ऋण प्रवाह सम्बन्धि नीति नियम, निर्देशन तथा प्रकृयाहरुबारे प्रशिक्षण सम्पन्न भएको छ । भारतीय दूतावास तथा राष्ट्रिय पूर्ननिर्माण प्राधिकरणको संयुक्त आयोजनामा सम्पन्न प्रशिक्षणमा नेपाल सरकारका २७ अधिकारीहरु र भारतका २८ जना ठेकेदारहरु सहभागी थिए ।

दुइ दिने सो प्रशिक्षणको पहिलो दिन परियोजना पहिचान, पूर्वयोग्यता तथा टेन्डर प्रक्रिया, टेन्डर दस्तावेजको मूल्याङ्कन, मनोनयन प्रक्रिया, परियोजना कार्यान्वयन एवम् अनुगमन लगायत एक्जिम बैंकको ऋण व्यवस्थाका रुपरेखाबारे सामान्य परिचय दिइएको थियो । दोस्रो दिनको सत्रमा नेपाल सरकारका कर्मचारीहरुले नेपालमा भारत सरकारको ऋण व्यवस्थाको सहयोगमा सञ्चालित परियोजनाहरुमा संलग्न भारतीय ठेकेदारहरुलाई आयात÷निर्यात तथा घरेलु करसम्बन्धि जानकारी गराए ।

एक्जिम बैंकका तीन वरिष्ठ विज्ञहरुले प्रशिक्षण दिएका थिए । सन् २०१९ जुनमा भारतमा सम्पन्न ७ औं ऋण सीमा (एलओसी) समीक्षा बैठकमा नेपाल तथा भारत सरकारबीच भएको द्विपक्षीय समझदारीकै निरन्तरता स्वरुप प्रशिक्षणको आयोजना गरिएको थियो ।

काठमाडौंको र्याडिसन होटलमा बुधबारदेखि शुरु भएको प्रशिक्षण विहिबार सम्पन्न भएको थियो ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live