भुकम्प प्रभावित र हुलाकी सडक निर्माणकालागि भारत सरकारद्धारा सहयोग हस्तान्तरण

पराराष्ट्र मन्त्री प्रदिप ज्ञवाली र विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा पूनर्निमाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुशील ज्ञवालीलाइ भुकम्प पिडितको घर निर्माणको सहयोगको चेक हस्तान्तरण गर्दै भारतीय राजदूत मन्जीव सिंह पुरी । तस्बीर श्रोतः भारतीय दूतावास, काठमाडौं

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआइबि संवाददाता,काठमाडौं

नेपालका भुकम्प प्रभावित गोर्खा र नुवाकोट जिल्लाका भुकम्प प्रभावितहरुको घर निर्माणकालागि भारत सरकारले २ अर्ब ४५ करोड रुपैया हस्तान्तरण गरेको छ । नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठकको अवसर पारेर भारत सरकारले सो रकम हस्तान्तर गरेको हो । बुधबार शुरु भएको बैठकमा परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा राजदूत मन्जीव सिंह पुरीले पूनर्निमाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुशील ज्ञवालीलाइ २ अर्ब ४५ करोड चेक हस्तान्तरण गरे ।

सन् २०१५मा गोर्खा वारपाकलाइ केन्द्र विन्दु बनाएर आएको शक्तिशाली भुकम्प पछि भारत सरकारले नेपालका गोर्खा, नुवाकोट र रसुवा जिल्लामा ५० हजार घर निर्माण गरिदिने प्रतिवद्धता व्यक्त गरेको थियो । सोही अनुरुप निर्माण सम्पन्न भएको गोर्खा र नुवाकोटकालागि सो रकम हस्तान्तरण गरेको हो ।

त्यसैगरि हुलाकी राजमार्गका सडक पूर्वाधार विकासकोलागि ८० करोड ७१ लाख रुपैयाको चेक पनि हस्तान्तरण गरेको छ । तराइ क्षेत्रका सडक पूर्वाधार विकासकालागि भारत सरकारले प्रतिवद्धता गरेको ५०० करोड रुपैयाबाट यो रकम हस्तान्तरण गरेको हो ।

दरबारमार्गस्थित होटल याक एण्ड यतिमा शुरु भएको बैठकमा द्धिपक्षिय आर्थिक सुदृढताका समग्र विषयमा बृहत छलफल हुँदैछ । नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र भारतका तर्फबाट विदेश मन्त्री सुब्रमन्यम जयशंकरले अगुवाइ गरेका छन् ।

बैठकमा द्धिपक्षिय सम्बन्धको समग्र अवस्थाको पूनरावलोकनका साथै पारस्परिक सम्बन्धमा विश्वासको अभिवृद्धिका हरसंभव प्रयास गरिने परराष्ट्र मन्त्रालयको भनाइ छ । भारतको भने सीमा सुरक्षा र बाढी नियन्त्रण्मा बढि जोड रहने बुझिएको छ । जल स्थल र हवाइ मार्गबाट सम्पर्क सन्जालका बारेमा समेत यो बैठकमा छलफल हुँदैछ । बैठकमा राजनीतिक, सीमा सुरक्षा, डुवान समस्या, आर्थिक सहयोग तथा पूर्वाधार निर्माण, ऋण, कृषि क्षेत्रको विकास, सडक निमार्ण, रेल कनेक्टिभिटी लगायतको समग्र विषयमा छलफल हुनेछ ।

बैठक निर्धारित समय भन्दा झण्डै घण्टा ढिलो शुरु भयो । प्रम ओली र जयशंकर बीचको भेटवार्ता लम्बिएका कारण बैठक ढिलो शुरु भएको थियो ।
बैठकमा सहभागी हुन विदेशमन्त्री जयशंकर २५ सदस्यीस टोली सहित बुधबार मध्यान्ह काठमाडौ आएका हुन । दुइ दिन संचालन हुने बैठकसमापन गरेर उनी विहिबारै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live