भारत सरकारद्धारा नेपाललाइ एम्बुलेन्स र बस सहयोग

तस्बीर साभार ः भारतीय दूतावास,काठमाडौं

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआइबि संवाददाता, काठमाडौं

भारत सरकारले नेपालका विभिन्न संस्थाहरुलाइ ३० वटा एम्बुलेन्स र ६ वटा बस सहयोग स्वरुप उपलब्ध गराएको छ । भारतको ७३औं स्वतन्त्रता दिवसको अवसरमा काठमाडौं स्थित भारतीय दूतावास परिसरमा आयोजित एक कार्यक्रमकाबीच सो सहयोग हस्तान्तरण गरिएको छ ।

नेपालकालागि भारतीय राजदूत मन्जीव सिंह पुरीले सहयोग हस्तान्तरण गरेका थिए । नेपालका विभिन्न जिल्लाका अस्पताल, गैरनाफामूलक परोपकार संस्था तथा शैक्षिक संस्थाहरुले प्रयोग गर्ने गरि एम्बुलेन्स र बस हस्तान्तरण गरिएको हो ।

तस्बीर साभार ः भारतीय दूतावास,काठमाडौं

यसैगरि राजदूत पुरीले नगत तथा जिन्सी सहयोग अन्तर्गत ३ जनालाइ बीर नारी , ५ एकल महिला तथा ६ सैनिकका आफन्तलाइ ५ करोड ३१ लाख रुपैया बराबर नगद तथा कम्मल बितरण गरेको थियो । सँगै दूतावासले ४० वटा पुस्तकालय तथा नेपालका सबै प्रदेशका शैक्षिक संस्थाहरुलाई उपहार स्वरुप पुस्तक प्रदान गरेको थियो ।

भारत सरकारले नेपाललाइ हालसम्म ७सय ५२ एम्बुलेन्स र १सय ४८ बस उपहार स्वरुप प्रदान गरिसकेको छ ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live