हेलिकप्टर दुर्घटनाको तत्काल जाँचकालागि भाजपा नेता जॉलीको एयरबस कम्पनीसँग माँग

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भिभिआइपि दुर्घटनाको जाँचकालागि कम्पनीको ढिलाइ गैरजिम्मेबारपूर्ण

एनआइबि संवाददाता,नयाँ दिल्ली
पर्यटनमन्त्री रविन्द्र अधिकारी सहित सात जनाको निधन हुने गरि पाथीभरा नजिकै भएको हेलिकप्टर दुर्घटनाको स्थलगत जॉचमा हेलिकप्टर निर्माता एयरबस कम्पनीले गरेको वेवास्ता प्रति भारतीय जनता पार्टीका नेता विजय जॉलीले आक्रोश व्यक्त गरेका छन् । जॉलीले दुर्घटनाको तत्काल जाँच गराउनुपर्ने माँग सहित दुइ पृष्ठको ज्ञापनपत्र शनिबार नयाँ दिल्ली स्थित एयरबस कम्पनीको कार्यकारी प्रमुखलाइ बुझाएका छन् । ज्ञापनपत्र मार्फत जॉलीले २१ मे १९९७ देखि २७ फरबरी २०१९ सम्म नेपालमा एयरबसको कुल २२ वटा हेलिकप्टर दुर्घटनाग्रस्त भइसकेको र सयौं नेपालीहरुको निधनभएको प्रति कम्पनीको ध्यानाकर्षण समेत गराएका छन् ।
‘दुर्घटना लगत्तै कम्पनीले तत्काल स्थलगत जाँच गराउनुपथ्र्यो तर एयरबसले यस्तो गरेन । यसले कम्पनीको गैरजिम्मेबारपना लाइ दर्शाएको छ । नेपालका विशिष्ट (भिभिआइपि) व्यक्तिहरुको निधन पछि पनि एयरबसले जाँचको पहल गर्दैन भने आमनागरिकको सुरक्षाको सुनिश्चितता कसरी गर्न सक्छ ?भन्दै दिल्ली स्टडी ग्रुपका अध्यक्ष समेत रहेका जॉलीले प्रश्न उठाएका छन् ।
एक महिना बित्न लाग्दा पनि हेलिकप्टर निर्माता कम्पनीको पेरिस स्थित मुख्यालयले स्थलगत जाँचकालागि प्राविधिक टोली पठाएको छैन् भन्दै जालीले यसलाइ आश्चर्यजनक र गैरजिम्मेबारपूर्ण भनेका छन् । उनले कम्पनीको रवैयालाइ पिडादायी र अमानवीय समेत भनेका छन् ।
यस्ता जाँचले भविष्यमा हुनसक्ने संभावित दुर्घटनालाइ न्यून गर्न मदत गर्ने ज्ञापन पत्रमा उल्लेख छ । गत फागुन १५ गते पाथीभरामा भएको हेलिकप्टर दुर्घटनामा पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारी सहित अन्य पर्यटन व्यवसायी आँङ्ग छिरिंग शेर्पा लगायत सात जना व्यक्तिहरुले ज्यान गुमाएका थिए । ज्ञापन पत्रमा नेता जॉलीले निधन भएकाहरुप्रति शोक व्यक्त गरेका छन् ।

 


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live