राष्ट्र बैंकले सार्वजानिक गरयो गुरु नानक देवको प्रतीकात्मक सिक्का

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआईबि संवाददाता, काठमाडौं

नेपाल राष्ट्र बैंकले सिख धर्मावलम्बीहरुका प्रवर्तक गुरु नानक देवजीको प्रतीकात्मक सिक्का सार्वजानिक गरेको छ । गुरु नानक देवको ५५० औं जन्मजयन्तीको अवसरमा राष्ट्र बैंकले सय , १ हजार र २ हजार ५सय दरका सिक्का सार्वजानिक गरेको हो ।

राष्ट्र बैंकले यी सिक्काहरु बिक्रीकालागि पनि खुला गरेको छ । गुरु नानक सिख धर्मावलम्बीहरुका गुरु मानिन्छन् ।राष्ट्र बैंक र भारतीय दूतावास,काठमाडौंको संयुक्त आयोजनामा भएको जन्मजयन्ती समारोहको कार्यक्रममा सिक्का सार्वजानिक गरिएको हो ।

राष्ट्र बैंकका गभर्नर डा.चिरन्जिवी नेपाल र नेपालकालागि भारतीय राजदूत मन्जीव सिंह पुरीले संयुक्त रुपमा सिक्का सार्वजानिक गरेका हुन् । सोही समारोहमा नेपालमा सिख धरोहर नामक प्रकाशनको विमोचन पनि गरियो ।

बीपी कोइराला भारत नेपाल फाउन्डेसन,भारतीय दूतावासले प्रकाशन गरेको सो संकलनमा सिख समुदायलाइ नेपालसँग जोडनकालागि गरिएका प्रयासहरुको फेरहिस्त समेटिएको छ ।

समारोहमा एस हरप्रीत सिंह,एस गोविन्द लोगोवाल(अध्यक्ष,शोरोमणि गुरुद्धारा प्रबन्धक कमिटि,अमृतसर,पंजाब, हरियाणा र हिमांचलको ऐतिहासिक गुरुद्धारका निर्वाचित व्यवस्थापकहरु पनि उपस्थित थिए ।

पंजाबका केहि प्रमुख सिख नेताहरुको उपस्थिति रहेको समारोहमा लोकसभाका पूर्व उपसभामुख चरणजीत सिंह अटवाल समेत सहभागी थिए ।समारोहमा नेपालका सिख समुदायका प्रतिनिधीहरुका साथै विभिन्न क्षेत्रका नेपालीहरुको पनि उपस्थिति रहेको थियो ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live