सरकारले थप पाँच स्थानकालागि राजदूत सिफारिस गरयो,तीनलाइ फिर्ता

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआइबी संवाददाता, काठमाडौं

अघिल्लो सरकारले नियुक्त गरेका तीन राजदूतलाई फिर्ता बोलाउँदै सरकारले पाँच स्थानमा राजदूत नियुक्तिको सिफारिस गरेको छ । सिफारिस गरेका सबै परराष्ट्र सेवाका रहेका छन् । अघिल्लो पटक सरकारले राजनीतिक तर्फबाट तीन र परराष्ट्रका एक गरी चार स्थानमा नियुक्त गरेको थियो । सरकारले नियमित पत्रकार सम्मेलनमा बिहीबार यसबारे जानकारी दिएको हो ।

सरकारले परराष्ट्रका सहसचिवहरु भृगु ढंगानालाई क्यानाडा, दीपक अधिकारीलाई फ्रान्स, गणेश ढकाललाई थाइल्याण्ड, मणिप्रसाद भट्टराईलाई स्वीट्जरल्याण्डका लागि स्थायी प्रतिनिधि र दुर्गाप्रसाद भण्डारीलाई कुवेतको लागि राजदूत नियुक्तिको सिफारिस गरेको हो ।

ढुंगाना हाल भारत समेत हेर्ने दक्षिण एशिया महाशाखा प्रमुख हुन भने उनले जेनेभामा नियोग उपप्रमुख भएर काम गरिसकेका छन् । ढकाल चीन समेत हेर्ने महाशाखा प्रमुख हुन् । भण्डारी पश्चिम एशिया महाशाखा प्रमुख हुन् भने अधिकारी शिष्टाचार महापाल हुन् । यस्तै भट्टराई प्रशासन महाशाखा प्रमुख हुन् । सरकारले इजरायलका राजदूतलाई यसअघि नै फिर्ता बोलाउँदै त्यहाँ सिफारिस गरिसकेको थियो ।

सरकारले बंगलादेश, दक्षिण कोरिया र स्पेनको राजदूतलाई फिर्ता बोलाएको छ । अघिल्लो सरकारले गरेको नियुक्ति पछिको नौ महिना सम्म उनीहरुको कार्यक्षमता हेरेर फिर्ता बोलाएको पत्रकार सम्मेलनमा जानकारी गराइयो । सरकार जापान, कतार र ओमानको विषयमा अझै निर्णयमा पुगेको छैन ।

यसअघि सिफारिस भएका भारतका लागि राजदूत निलाम्बर आचार्य, युएईकालागि कृष्ण ढकाल, मलेसियाकालागि उदयराज पाण्डे र इजरायलका लागि डा. अन्जान शाक्यको संसदीय सुनुवाइ सम्पन्न भइसकेको छ । उनीहरुको एग्रिमोका लागि सम्बन्धित देश पठाइएको छ ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live