देव आनंददेखि उर्मिला सम्म ः कहानी फिल्मी छ

तस्बीर साभारः विकिपिडिया

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

४० वर्षअघि .. १४ सेप्टेम्बर, १९७९को दिन थियो । त्यतिबेला बंबईको ताजमहल होटलमा एउटा प्रेस कन्फ्रेन्स भयो । त्यो इन्दिरा गान्धीले लगाएको संकटकाल(इमरजेन्सी)को समय थियो जब जनता पार्टी(जेपी) को प्रयोग समेत असफल भइसकेको थियो ।

दुवै पक्षसंग असंतुष्ट केहि व्यक्तिहरुले मिलेर नयाँ राजनीतिक दल ‘नेशनल पार्टी’(राष्ट्रिय दल) बनाउने घोषणा गरे । यो दलका अध्यक्ष थिए देव आनन्द । पार्टीको १६ पृष्ठको घोषणा पत्रमा भनिएको थियो, ‘इन्दिराको तानाशाहीबाट त्रस्त मानिसहरुले जनता पार्टीलाइ चुने , तर निराशा हात लाग्यो । अब यो दल पनि थलिसकेको छ । आवश्यक्ता छ , एउटा स्थायी सरकार दिन सक्ने दलको , जसले तेश्रो विकल्प दिन सकोस । नेशनल पार्टी यस्तो मंच हो जहाँ समान विचार राख्ने व्यक्तिहरु सामेल हुन सक्छन् । ’

यो पार्टीमा बी शान्ताराम , बिजय आनन्द , आईएस जौहर , जीपी सिप्पी समेत कयौं फिल्मि हस्तीहरु जोडिएका थिए । पार्टीले लोकसभा चुनाव लडने निर्णय ग–यो । जुलुस,आमसभा शुरु भयो , भीड एकत्रित हुन थाले । बिस्तारै यो अफवाह उडन थाल्यो कि फिल्म उद्योगले यसको नोक्सान पछि उठाउनुपर्ने हुनसक्छ ।

एक एक गरेर धेरै जसो व्यक्तिहरुले पार्टी छोडन थाले । यसरी देव आनंदको राजनीतिक सपना र पार्टी दुवै समाप्त भयो । तर फिल्मि हस्ती र राजनीतिको यो पहिलो र अन्तिम मिलन भने थिएनन । आजादी भन्दा अघिेदेखि नै कलाकार र भारतीय राजनीतिको नाता रहेको छ ।

इन्दिरा गान्धीको हत्या र राजनीतिमा अभिनेता

८०को दशकमा एउटा यस्तो राजनीतिक घटना भयो,जसले फिल्मी दुनिया पनि प्रभावित भयो । त्यो थियो अक्टुबर १९८४ मा इन्दिरा गान्धीको हत्या । डिसेम्बर १९८४मा चुनाव हुने तय थियो । राजीव गान्धीले आफ्ना अनन्य मित्र तथा सुपरस्टार अमिताभ बच्चन र सुनिल दत्तलाइ चुनाव लडन आग्रह गरे ।
सुनिल दत्तले १९८४मा चुनावमा जिते र साँसद बनेदेखि सन् २००५ सम्म आफ्नो अन्तिम अवस्था सम्म काँग्रेसकै राजनीति गरे । यद्यपि पार्टीसँग उनको मनमुटाव पनि भएको थियो ।
जुनबेला सुनिल दत्तले चुनाव लडने निर्णय गरेका थिए त्यतिबेला एकातर्फ उनको घरमा छोरी नम्रता दत्त र कुमार गौरवको विवाहको तयारी चलिरहेको थियो अर्कोतर्फ चुनावी अभियानको तयारी ।
सुनिल दत्त गिनेचुनेका बलिउड हस्ती मध्ये एक थिए जो केन्द्रिय मन्त्री समेत बने । राजनेताका रुपमा उनी निकै सम्मानित थिए । सन् २००४मा पाँचौ पटक लोकसभा चुनाव जितेका दत्त खेल तथा युवा कल्याण मन्त्री बनेका थिए ।

फोटो
१९९१को यो फोटो निकै चर्चित छ जसमा राजीब गान्धी र सोनिया गान्धी दिल्लीको निर्माण भवन मतदान केन्द्रमा राजेश खन्नाकालागि मतदान गर्न उभिएका छन्। उनका पछिल्तिर राजेश खन्ना पनि छन् ।
राशिद किदवइले आफ्नो कितावमा लेखेका छन कि सार्वजानिक जीवनमा राजीव गान्धीको यो अन्तिम तस्बीर थियो । यसको केहि घण्टापछि आत्मघाती हमलामा राजीव गान्धीको निधन भएको थियो । २१ मे १९९१मा यो तस्वीर छापिएको थियो ।

तस्बीरमा राजीब गान्धी, राजेश खन्ना र सोनिया गान्धी
तस्बीर साभार ः काँग्रेस टिविटर

जब चुनावी प्रचारमा अमिताभ बच्चनलाइ ‘नचनिया’ भनियो

१९८४मा सुपरस्टार अमिताभ बच्चन इलाहबादका हेमवती नन्दन बहुगुणा विरुद्ध चुनाव लडने खबर त्यतिबेलाको सबैभन्दा ठूलो समाचार थियो । वरिष्ठ पत्रकार राशिद किदबइले आफनो किताब ‘नेता अभिनेता’मा लेख्छन्, बहुगुणा कद्दाबरका नेता थिए । उनी चुनाव प्रचारमा अमिताभलाइ ‘नौसिखिया ’र ‘नचनिया’ भन्थे । त्यो त जया बच्चन थिइन जसले अमिताभको प्रचार अभियानमा ज्यान फुकिंन र चुनाव जिताइन । ’

तर राजनीतिले यस्तो मोड लियो कि बोफोर्स घोटाला काण्डमा नाम मुछिएपछि साँसद अमिताभ बच्चनको राजनीतिबाट मोहभंग भयो र उनले राजनीतिबाट सन्यास लिए । साथै उनको गान्धी परिवारबार सँग पनि दुरी बढन थाल्यो । त्यसपछि अमिताभ सक्रिय राजनीतिमा कहिल्यै फर्केनन् ।

राजेश खन्न र आडवाणीमा जबरदस्त टक्कर

अमिताभ बच्चन एक्ला सुपरस्टार थिएनन जसले राजनीतिमा आफनो भाग्य आजमाएका थिए । सन् १९९१ को चुनावका समयमा अमिताभ फिल्म र राजनीति दुबैबाट टाढा थिए । यो लोकसभा चुनाव काँग्रेसकालागि महत्वपूर्ण थियो ।

त्यति बेला राजीब गान्धीले राजेश खन्नालाइ दिल्लीमा लालकृष्ण आडवाणीको प्रतिद्धन्तिको रुपमा लडन आग्रह गरे । यो एउटा संयोग नै थियो कि कुनै बेला राजेश खन्ना र अमिताभ प्रतिस्पर्धी थिए र बच्चनपछि काँग्रेसको तर्फबाट राजेश खन्ना चुनाव लडदै थिए । १९९१को चुनावमा राजेश खन्ना आडवाणीसँग मात्र १५सय ८९ मतले पराजित भएका थिए ।

भाजपादेखि काँग्रेस सम्म पुगे शत्रुघन सिन्हा

जब १९९२मा उपचुनाव भयो , राजेश खन्ना पून नयाँ दिल्लीबाट लडे । उनले आफ्ना मित्र र भाजपामा प्रवेश गरिसकेका शत्रुघन सिन्हालाइ हराए । सिन्हा त्यो पहिलो कलाकार थिए जसले काँग्रेसमा नभएर कुनै विपक्षि दलमा प्रवेश गरेर राजनीतिमा कदम चालेका थिए । संकटकालको समयमा उनी जेपी (जनता पार्टी) बाट प्रभावित थिए । तर ९० को दशकमा उनले भाजपाको हात थामे । हुनत उनी राजेश खन्नासँग लोकसभा चुनावमा हारेका थिए तर आडवानी र बाजपेयीको निकै निकट थिए ।

शत्रुघन सिन्हा शायद पहिलो फिल्मी अभिनेता थिए जो केन्द्रिय मन्त्री (सन्२००३–०४) र कयौ पटक साँसद पनि । यद्यपि मोदी शासनपछि शत्रुघन आफ्नै पार्टीमा अलग थलग हुन पुगे । समयको चक्र नै हो कि कुनै समय संकटकालको विरोध गर्ने शत्रुघन २०१९मा काँग्रेसमा प्रवेश गरे।

विनोद खन्नाः फिल्म, सन्यास अनि संसद

यो पनि एउटा संयोग नै थियो कि हिन्दी फिल्ममा ७०–८०को दशकमा सँगै काम गरेका कयौ अभिनेता कलाकारहरु राजनीतिमा आए । अमिताभ बच्चन र शत्रुघन सिन्हा पछि विनोद खन्ना राजनीतिमा जमेका थिए ।
८० को दशकमा उनी फिल्मबाट सन्यास लिएर ओशोको आश्रममा गएका थिए । तर पंजाबी मूलका विनोद खन्नाले १९९८मा गुरदासपुर,पंजाबबाट बाहिरी क्षेत्रबाट भएका बाबजुद चुनाव लडे । २००९ को चुनाव बाहेक उनी आफनो देहावसान सम्म त्यही क्षेत्रबाट साँसद रहे र विदेश राज्य मन्त्री समेत बने । उनको कार्यकालमा सो क्षेत्रमा कयौैं पुलहरुको निर्माण भयो जसलाइ ‘सरदार अफ ब्रिज’ पनि भन्न थालियो ।

राजनीतिमा ड्रिम गर्ल

जब विनोद खन्ना १९९९मा भाजपाको तर्फबाट चुनाव लडिरहेका थिए तब उनले हेमा मालिनीलाइ आफ्नो चुनावी प्रचारकालागि भने । हेमाको राजनीतिसँग कुनै नाता थिएन । उनले शुरुमा अरुचिकासाथ विनोदकालागि प्रचार गरिन र यहींबाट उनको आफ्नो राजनीतिक यात्रा पनि शुरु भयो । तत्कालै उनी पनि भाजपामा प्रवेश गरिन र राज्य सभा सदस्य बनिन् ।

२०१४को लोकसभा चुनावमा मथुरामा उनले जाट नेता जयंत सिंहलाइ तीन लाख बढि मतले पराजित गरेकी थिइन । कहिले बृंदावनका वृद्ध विधवाहरुको बारेमा उनले दिएको बयानलाइ लिएर होस अथवा कहिले कार दुर्घटनामा मारिएकी बच्चीको बयानलाइ लिएर, उनको कार्यकाल भने विवादले भरिएको रहयो ।

भीडमा बोल्नबाट डराउने जया बनिन नेता

महिला नेतृहरुको कुरा गर्ने हो भने फिल्मी दुनियाँमा जया प्रदाले आफ्नो छुट्टै स्थान बनाएकि थिइन् । हिन्दी र तेलगु फिल्ममा जया प्रदा सफल अभिनेत्री थिइन् । पाँच फिल्ममा जयाको हिरोको अभिनय गरेका एनटीआरको आग्रहमा उनी सन्१९९४मा तेलगु देशम पार्टीमा प्रवेश गरिन । तर केहि समयमै उनले पार्टी परिवर्तन गरेर चन्द्रबाबु नायडु तर्फ लागिन ।

राजनीतिको अनुभव नभएका कारण प्रारम्भका उनको निकै आलोचना पनि भयो । तर बिस्तारै उनी पार्टीको ठूलो प्रचारक बनिन । १९९६मा जया प्रदा राज्य सभा पुगिन । उनको करिअरमा सबैभन्दा ठूलो मोड तब आयो जब उनले समाजवादी पार्टी प्रवेश गरिन ।

‘मलाइ थाहा छ कि रामपुरका बासिन्दाले आफ्नो छोरीलाइ खाली हाथ पठाउँदैनन,.’…भीडमा बोल्न डराउने जयाको भाषा रामपुरमा बदलिसकेको थियो । दक्षिणबाट आएकी जयाले २००४ र २००९मा उत्तर प्रदेशको रामपुरबाट लगातार दुइ पटक लोकसभा चुनाव जितेर सबैलाइ आश्चर्यचकित बनाइदिइन ।

सपामा आजम खानसँग उनको हमेशा खटासपूर्ण सम्बन्ध रहयो । जसका कारण उनी सपाबाट पनि अलग भइन् । २०१९मा जयाले भाजपा पार्टीको हात समाइन र रामपुरबाटै चुनाव लडेकी छन् ।

काँग्रेसको तुलना कौरबसँग गर्ने राज बब्बर

समाजवादी पार्टीको कुरा गर्दा अभिनेता राजबब्बरको प्रसंग आवश्यक हुन्छ । राष्ट्रिय नाटय संस्थान(एनएसडि) को समयदेखि नै उनी आफनो खरो स्वभावकालागि चिनिन्थे ।
८० को दशकमा राज बब्बर र स्मिता पाटिलको सम्बन्ध निकै बाक्लिदै थियो । स्मिताका बुबा शिवाजी राव पाटिल काँग्रेससँग जोडिएका थिए । नेता अभिनेता पुस्तकमा राशिद किदवई लेख्छन् , ‘१९८४मा जब सुनिल दत्त काँग्रेसको तर्फबाट चुनाव लडदै थिए तब शिवाजीरावकी छोरी स्मिता र युवा राज बब्बर पनि गली गलीमा गएर प्रचार गर्थे । ’

यद्यपि १९८७मा उनी वीपी सिंहले राजीब गान्धीबाट अलग भएर जनमोर्चा गठन गरेका थिए , राजबब्बर उनकै साथ लागे । त्यतिबेला राजबब्बरले काँग्रेसको तुलना कौरबसँग गरेका थिए । तर छिटै राज बब्बर अलग भएर समाजवादी पार्टीमा सामेल भए । तर सपामा पनि उनी धेरै टिकेनन । अन्तमा उनी काँग्रेसमा नै शामिल भए जसकालागि उनले ८० को दशकमा प्रचार गरे ।

नाटकदेखि पटेललाइ विचलित गराउने पृथ्वीराज कपुर

जसै संसदको कुरा हुन्छ हिन्दी फिल्मबाट यो सफर सबैभन्दा पहिला शायद अभिनेता पृथ्वी राजकपुरले शुरु गरेका थिए । जब १९५२मा उनलाइ राज्य सभाकालागि मनोनित गरिएको थियो ।
समुंदरी(पाकिस्तान)मा जन्मिएका पृथ्वी राजकपुर राजनीतिबाट अछुतो थिएनन् । आजादी भन्दा अघि नै तनावको समयमा उनले हिन्दू –मुस्लिम एकताका निम्ति निकै सशक्त नाटक बनाएका थिए –‘दीबार’ , जसलाइ काँग्रेस वर्किंग कमेटिका सामुन्ने मन्चन गरिएको थियो ।

मधु जैनले आफनो पुस्तकमा भनेकी छन कि यो नाटकले त्यस्तो काम गरयो जुन काँग्रेसले बर्षो सम्म गर्न सकेको थिएनन् । जैनले आफनो पुस्तक कपुरनामामा लेखेकी छन, ‘यो नाटकलाइ हेरपछि सरदार पटेल विचलित भएका थिए । उनले भने, यो नाटकले यस्तो काम गरेको छ जुन काँग्रेसले बर्षौ सम्म गर्न सकेको थिएन । पटेल आधा घन्टासम्मा बोलिरहे । ’

पृथ्वीराज कपुर र जवाहरलाल नेहरुबीच गहिरो सम्बन्ध थियो । कपुरनामामा लेखिएको एउटा घटनाका अनुसार ‘नेहरु ले एक पटक पृथ्वीराजलाइ भनेका थिए कि जब तिमी मसँगै हिडिरहेका हुन्छौ मेरो हिम्मत बढन थाल्छ ।

उतिबेला फिल्मबाट संसदमा आएका कारण उनको आलोचना पनि भएको थियो तर पृथ्वीराज कपुर संसदमा सशक्त रुपमा बोल्थे र दिल्लीको प्रिंसेस पार्कमा आउने जानेलाइ भेटथे ।

नेहरुको आग्रहमा दिलिप कुमारले गरे प्रचार

पृथ्वीराज कपुरले आवाज उठाएर थिएटर कलाकारहरुको रेलयात्रमा ७५ प्रतिशत छुट दिलाउन सफल भए । कपुर खानदानका निकै नजीक रहेका अभिनेता दिलिप कुमार कुनै पार्टीमा सामेल भएनन तर उनी पनि नेहरुबाट निकै प्रभावित थिए ।

१९६२मा नेहरुको आग्रहमा उनले उत्तरी बाम्बेबाट बीके कृष्णा मेननकालागि र जेबी कृपलानीको विरोधमा प्रचार गरेका थिए । उनले युवा शरद पवार समेत काँग्रेसका कयौं नेताकालागि प्रचार गरेका थिए ।

राजनीतिको कुरा गर्दा फिल्मी जगतबाट पहिलो महिला साँसद बन्ने मौका नर्गिसले पाइन । दिलिप कुमारसँग कयौं फिल्म गरिसकेकी अभिनेत्री १९८०मा सांसद बनेकि थिइन । उतिबेला नरगिस फिल्म छाडेर समाजसेवामा जुटेकी थिइन र इन्दिरा गान्धीले उनलाइ राज्य सभामा पठाइन तर १९८१मै उनको निधन भयो ।

राजनीतिमा असफल कलाकार

राजनीतिमा असफलता भोगेका पनि कयौं कलाकाहरु छन् । जस्तो धर्मेन्द्र , बिकानेरबाट सांसद बने पछि उनीबाट असंतुष्ट जनताहरुले ‘हमारा सांसद गुमशुदा है ’ जस्ता पोस्टर लगाएका थिए ।
फिल्म स्टार गोबिन्दाको राजनीतिक यात्रा पनि असफल सावित भयो । यद्यपि उनले राम नाइकलाइ हराएका थिए ।

हिन्दीका अलाबा अन्य फिल्म उद्योगका कलाकारहरु पनि राजनीतिमा आए । जयललिता , एमजीआर , करुणानिधी, एनटीआर, रजनीकांत , कमल हासन दक्षिणी भारतमा यसको लामो इतिहास रहेको छ । यो भन्नु गलत हुनेछैन कि दक्षिणको राजनीतिमा फिल्मी सिताराहरु नै ज्यादा चमकेका छन्।

जनताले आफनो आँखामा राखे र त्यसैगरि झारे पनि

प्रत्येक पटक चुनावमा नयाँ फिल्मी हस्तीहरु यसरी राजनीतिमा जोडिदै आउँछन् मानौ उनीहरु दुइको बीचमा गुरुत्वाकर्षक पुल छ । २०१४मा परेश रावल भाजपामा प्रवेश गरे भने २०१९मा उर्मिला मातोंडकर काँग्रेसको तर्फबाट चुनावी मैदानमा छिन् । उता प्रकाश राज स्वतन्त्र उम्मेदबार ।
राजनीतिमा नयाँ हुनुका बाबजुद कयौं पटक यी कलाकारहरुलाइ जनताले आफनो आँखामा बसाएका छन् तर कति पटक जनताले यिनिहरुको चमकदमक र लोकप्रिय छविलाइ वेवास्ता समेत गरेका छन् । राजेश खन्नाको अन्दाजमा भन्ने हो भने ये पब्लिक है शायद सबकुछ जानती है…
(बीबीसी हिन्दीबाट अनुवादित, लेखक ः वंदना टीभी एडिटर, अनुवादकः एनआइबि टीम)


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live