नेपालबाट भारतमा हुने महिला तस्करी पाँच सय प्रतिशतले बढयोः सीमा सुरक्षा बलको अध्ययन प्रतिवेदन

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनबीआई संवाददाता,नयाँ दिल्ली

नेपालबाट अवैध रुपमा भारतमा हुने महिला तस्करी पाँच सय प्रतिशतले बढेको छ । ‘भारत नेपाल सीमामा मानव तस्करी’ मा गरिएको एक अध्ययनमा भारतीय सीमा सुरक्षा बल(एसएसबी) यस्तो दाबी गरेको छ । भारतको अंग्रजी दैनिक टाइम्स अफ इण्डियामा शनिबार यो अध्धयन प्रतिवेदनलाइ आधारमा समाचार प्रकाशित गरिएको छ । समाचारमा एसएसबीले सार्वजानिक गरेको अध्ययन अनुसार पछिल्लो पाँच वर्षमा सीमामा रहेका गाउँ तथा तराइ क्षेत्रबाट अवैध रुपमा ल्याइएका नेपाली महिलाहरुको संख्या पाँच सय प्रतिशतले बढेको हो, जसमा भारत नेपालको सीमामा पर्ने गाउँ तथा तराइ क्षेत्रका युवतीहरुको संख्या अधिक रहेको छ । सन् २०१३ देखिको आँकडा प्रस्तुत गर्दै जारी गरिएको अध्ययन अनुसार अवैध रुपमा ल्याइएका यी नेपाली युवतीहरुलाइ भारतको दिल्ली, कलकत्ता तथा अन्य शहरहरुका बा्रेथल(वेश्यालय)का मालिकहरुलाइ ५० हजार रुपैया सम्ममा बेचिएको खुल्न आएको छ । सन् २०१३ मा भारत नेपाल सीमाबाट १०८ महिला तथा वालबालिकाको उद्धार गरिएको थियो भने सन् २०१७मा यो संख्या ६सय ७ पुगेको एसएसबीको अध्ययनले देखाएको छ । यो संख्या अघिल्लो वर्ष निकै बढेको तथ्याँकले देखाएको छ ।

भारतीय एसएसबीले जारी गरेको मानव तस्करी प्रतिवेदन अनुसार उद्धार गरिएकाको संख्या

वर्ष महिला उद्धार संख्या

 

२०१२ ७२

 

२०१३ १०८

 

२०१४ ३३

 

२०१५ ३३६

 

२०१६ ५०१

 

२०१७ ६०७
२०१८ फेब्रुअरीसम्म ९४

नेपाललाइ महिला तथा वालबालिकाको तस्करी हुने श्रोत देशको रुपमा लिइने भन्दै एसएसबी अध्ययनले उनीहरुलाइ जबरजस्ती रुपमा बेश्यावृतिमा लगाउने गरेको उल्लेख गरेको छ । त्यसैगरि घरेलु कामका साथै अन्य प्रकारको श्रम शोषणकालागि उनीलाइ बाध्य बनाउने र कतिपय केसमा अबैधानिक रुपमा उनीहरुको अंग समेत काटिने गरेको छ । नेपालको महिला समाजकल्याण मन्त्रालयको तथ्याँकलाइ आधार मान्दै एसएसबीेको अध्ययनमा भनिएको छ , नेपालको ७५ जिल्लामध्ये २६ जिल्लामा अवैध प्रवासी रहेका छन् । अधिकाँश पहाडी तथा अति पिछडिएका जातिका महिला तथा बालबालिकाहरु यस्तो तस्करीमा पर्ने गरेका छन् ।  तर तस्करी हुनेहरुमा उच्च जातिका पनि रहेका छन् ।

तस्करीमा संलग्न हुने पुरुषहरु ‘दलाल’ र महिलाहरु ‘दिदी’ हरुले ९ देखि १६ वर्ष उमेरका केटीहरुलाइ बसमा चढाएर भारतका सीमावर्ती शहरमा पुरयाउने गरेका छन् । बोर्डरमा प्रतीक्षा गरिरहेका पेशेवर दलालाहरुले प्रत्येक केटीहरुलाइ ६हजार रुपैया सम्ममा खरीद गर्ने गर्छन् । अध्ययन अनुसार कहिलेकाहिं परीबारका सदस्यहरु पनि यस्तो तस्करको रुपमा कार्य गरिरहेका भेटिन्छन् । सीमावर्ती पुलिसले चेकजाँच गर्ने हुँदा केटीहरुलाइ उनीहरुको वास्तविक उमेर लुकाउन सिकाइन्छ ।

एसएसबीले तस्करहरुको रुट खुलासा गर्दै भनेको रुट अनुसार गाउँबाट ल्याइएका केटीहरुलाइ सबैभन्दा पहिला काठमाडौ लैजाने अथवा कुनै गेस्ट हाउस अथवा कार्पेट फ्याक्ट्रीहरुमा राख्ने गर्दछन् । त्यसपश्चात सीमावर्ती शहरसम्म ल्याएर दलाललाइ बिक्री गर्छन् । अनि वस र ट्रेनबाट भारतको मुम्बइ, कोलकाता, दिल्ली तथा अन्य साना शहरहरुका बेश्यालय मालिक अथवा महिला दलाललाइ ५० हजार भारतीय रुपैया सम्म बिक्री गर्छन् । अध्ययनअनुसार अधिकांश दलालहरु बसबाट दिल्ली आउने अनि ट्रेनबाट मुम्बइ जाने गरेका छन् । नेपालका पहाडी क्षेत्रका गाउँहरुमा जुनदेखि अगस्तको समयमा चरम गरीबीबाट गुज्रिने र नयाँ फसलको प्रतीक्षमा रहने हुँदा यस्तो समयमा तस्करी बढी हुने गरेको छ । यही समयलाइ लक्षित गरेर महिला दलालहरु केटी फकाउन भारतबाट गाउँ जाने गर्दछन् , अध्ययनमा उल्लेख छ । कतिवय वेश्यालयका मालिकहरु राजनीतिक रुपमा जोडिएका कारण दोषी प्रमाणित नभएको एसएसबीको अध्ययनले देखाएको समाचारमा उल्लेख छ ।

श्रोतः भारतबाट प्रकाशित हुने अंग्रजी दैनिक टाइम्स अफ इण्डियामा शनिबार प्रकाशित


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live