दिल्लीको द्धारकाबाट १२ नेपाली महिलाहरुको उद्धार

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआइबि संवाददाता,नयाँ दिल्ली

कामको खोजीमा कुबेत, इराक र दुबइ लैजाने प्रलोभनमा पारेर नयाँ दिल्लीमा बन्धन बनाएर राखिएका १२ नेपाली महिलाको शनिबार मध्य रातमा उद्धार गरिएको छ । नयाँ दिल्ली बाहिरको क्षेत्रमा पर्ने द्धारकाको कुतुव बिहार र श्याम बिहारमा छापा मारेर उनीहरुको उद्धार गरिएको हो । दिल्ली महिला आयोग तथा दिल्ली पूलिस छावला थाना तथा के आइ नेपालको संयुक्त पहलमा शनिवार साँझदेखि आइतबार बिहानसम्म विभिन्न तीन ठाउँमा छापा मारेर दुइ स्थानबाट उनीहरुको उद्धार गरिएको हो । कुतव बिहारबाट ८ जना र श्याम बिहारबाट ४ जनाको उद्धार गरिएको हो । उदय राना नामको निकै पुरानो दलालले यी महिलाहरुलाइ दिल्ली पुरयाएको बुझिएको छ । । रानाको विरुद्ध दिल्ली पुलिसको छावरा थानामा मानव वेचविखन विरुद्ध मुद्दा पनि दर्ता गरिएको उद्धारमा संलग्न के.आइ नेपालका दिल्ली प्रतिनिधी नवीन जोशीले जानकारी दिए । दलालको विरुद्ध ठगीका उजुरीहरु पनि निकै थियो । अवैध र गैरकानुनी तरीकाबाट पैसा ठगी गदै बाहिर पठाइदिन्छु भनेर नेपाली चेलीहरु ओसार पोसार गराएको हो, जोशीले भने ।
दलालहरुले पछिल्लो समयमा महिलाहरुलाइ बन्धक बनाउने स्थान परिवर्तन गरेका छन् । इलाका पहाडगंज , जीबी रोड जस्ता भित्रि इलाकाभन्दा बाहिरको दुरदराजका गाँउँ, घर , खण्डर जस्ता स्थानहरुमा राख्न थालेका छन् ।

‘प्रहरीको नजर नपर्ने गाउँठाउँ उनीहरुले खोज्जे गरेका छन् तर हाम्रो सक्रियता त्यस्ता क्षेत्रमा पनि बढाइराखेको हुँदा उद्धार गर्न सफल भएको हो , जोशीले भने ।

नेपालको पूर्वदेखि पश्चिमबाट रहेका महिलाहरु मध्ये धादिंगबाट ३ ,झापाबाट २,दाँगबाट २ , मकवानपुरबाट २ ,रसुवा र धनगढीबाट एक एक गरि १२ जना रहेको उद्धारमा संलग्न केआइ नेपालका नबीन जोशीले जानकारी दिए । २२देखि ४० वर्ष उमेर समुहमा रहेका यी महिलाहरु महिला आयोग मातहतको संरक्षण गृहमा राखिएको छ । जोशीका अनुसार प्रकृया पुरयाएर उनीहरुलाइ नेपाल फर्काइने छ । इराकमा बेचिएर नेपाल फर्किन सफल भएकी एक नेपाली चेलीको सुचना र सहयोगको आधारमा छापा मारिएको बुझिएको छ । यी महिलाहरुले विदेश जानकालागि भनेर २० हजारदेखि २ लाख रुपैया सम्म दलाललाइ बुझाएका थिए ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live