भारतीय पूर्व विदेशमन्त्री सुषमा स्वराजको निधन

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआइबि संवाददाता, नयाँ दिल्ली
भारतकी पूर्व विदेशमन्त्री तथा भारतीय जनता पार्टीकी प्रखर नेतृ सुषमा स्वराजको निधन भएको छ । नयाँ दिल्लीको एम्स अस्पतालमा मंगलबार  राती हृदयघातका कारण उनको निधन भएको भारतीय संचारमाध्यमले जनाएका छन् । यद्यपि एम्स अस्पतालले आधिकारिक बुलेटिन जारी गरेको छैन् ।
नौ बजे जन्तर मन्तरमा रहेको आफ्नो नीजि निवासमा हृदयघातका कारण लडेकी स्वराजलाइ १० बजेर २० मिनेटमा अस्पताल पुरयाइएको थियो । अस्पताल पुरयाउँदा उनको निधन भइसकेको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।
सरकारले जम्मु कश्मीरमा धारा ३७० हटाएको बिल लोकसभाबाट बहुमतकासाथ पारित गराएको खुशीयालीमा स्वराजले प्रधानमन्त्री नरेन्द्र मोदीलाइ अभिनन्दन गर्दै साँझ सात बजे टिविट गरेकी थिइन । उनले लेखेकी थिइन , ‘प्रधानमन्त्री ज्यू तपाइलाइ हार्दिक अभिनन्दन । मैले आफ्नो जीवनमा यो दिन हेर्न प्रतीक्षा गरिरहेको थिए ।

यो नै उनको अन्तिम टिविट बन्न पुगेको छ ।

उनको पार्थिक शरीरलाइ नयाँ दिल्लीको जन्तरमन्तर स्थित उनको नीजी निवास धवनदिप भवनमा राखिएको छ । बुधबार १२ बजेदेखि ३ बजेसम्म उनको पार्थिव शरीरलाइ श्रद्धान्जलीकालागि दीनदयालमार्ग स्थित भारतीय जनता पार्टीको मुख्यालयमा राखिनेछ । बुधबार ३ बजे लोधीरोडको श्रद्धागृहमा विद्युतिय शवदाह केन्द्रमा राजकिय सम्मानकासाथ अन्तिम संस्कार गरिनेछ ।

पूर्व विदेशमन्त्री स्वराजको विदेश मन्त्रीको जिम्मेबारीमा रहँदा नै (२०१६ डिसेम्बर)मा एम्स अस्पतालमा दुवै मृगौलाको सफल प्रत्यारोपण गरिएको थियो । पछिल्लो समयमा उनको गिर्दो स्वास्थ्यका कारण दोश्रो पटक मोदी नेतृत्वमा बनेको सरकारमा उनले कुनै जिम्मेबारी लिइनन् ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live