पूर्व राजदूत उपाध्यायले यसरी संझिए स्वराजलाइ

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआइबी संवाददाता,नयाँ दिल्ली

‘नेपालमा भुकम्प आएको समयमा म दिल्लीमा थिए । स्वराजसँग निकट भएर काम गरेको थिए । सरल र असल व्यँिक्तत्वको रुपमा पाएँ मैले । यो मेरोलागि पनि सौभाग्य थियो । उहाँले त्यसबेला नेपाललाइ सहयोग गर्न देखाएको तत्परताको सराहनायोग्य छ,’ भारतकालागि पूर्व नेपाली राजदूत दीप कुमार उपाध्यायले मंगलबार दिवंगत भएकीभारतीय पूर्व विदेशमन्त्री सुषमा स्वराजलाइ संझिए ।

हुनत नेपाल , नेपाली जनतासँग निकै गहिरो भावना राख्ने स्वराजकै कार्यकालमा नेपालले नाकाबन्दीको पिडा भोग्नुपरयो । स्वराजको विदेशमन्त्रीकालमा नेपालले जारी गरेको संविधान प्रति असन्तुष्टि जनाउँदै भारत सरकारले अघोषित नाकाबन्दी नै लगायो । ६ महिना लामो नाकाबन्दीका कारण नेपाली जनताले निकै दुख पाएका थिए ।
त्यतिबेला विपक्षि पार्टीहरुले गरिरहेको नाकाबन्दीको विरोधलाइ जवाफ दिने क्रममा लोकसभामा स्वराजले राजीव गान्धीको समयमा लगाइएको नाकाबन्दी स्मरण गराउँदै नेपालमा पहिलो पटक नाकाबन्दी नलगाइएको भनेर बोलेको कुरालाइ नाकाबन्दीलाइ उनले अप्रत्यक्ष रुपमा स्वीकारेको बुझिएको थियो ।

‘तर पनि नाकाबन्दीका समयमा नेपाली जनताका दुख पिडा लिएर उहाँको कार्यालय, निवास जहाँ पनि सहजै भेटेर कुराकानी सुन्नुहुन्थ्यो । नेपालीले पाएको दुख सुनेर, देखेर व्यक्तिगत रुपमा उहाँ पनि निकै दुखी हुनुहुन्थ्यो, भारत सिस्टममा चल्ने मुलुक हो , म एक्लैले चाहेर पनि केहि हुँदैन्,उहाँले भनेको कुरा मलाइ संझना छ ।
नाकाबन्दी खुलाउनकालागि मैले पटक पटक उहाँलाइ भेटे । उहाँलाइ भेटन कुनै प्रोटोकल थिएन । चाहे कार्यालय होस अथवा नीजि निवास , मलाइ सजिलै बोलाएर मेरा कुराहरु सुन्नुहुन्थ्यो , उपाध्यायले भने । म निकै दुखी भएको देखेर उहाँले भन्नुहुन्थ्यो , ‘राजनीति र कुटनीतिमा कहिले काहि असजिला दिनहरु पनि आउँछन् । हरेश खानु हुन्न, धैर्य राख्नुपर्छ ।’ नेपाली जनता मेरा परिवार जस्ता हुन भन्नुहुन्थ्यो ।
नाकाबन्दी खुलाउने काम भारतको प्राथमिकतामा नपर्न पनि सक्थ्यो तर स्वराजको समेत अथव प्रयास नभएको भए नाकाबन्दी अझै लम्बिन सक्थ्यो, त्यसैले नाकाबन्दी खुलाउनकालागि उहाँले गर्नुभएको सहयोग म भूल्न सक्दिन ।

स्वराजले भारतका पूर्व प्रधानमन्त्री र नेपालका निकट मानिएका नेता चन्द्रशेखर सँग नजीक भएर काम गरेकी थिइन । नेपालको प्रजातान्त्रिक आन्दोलनमा सहयोग पुरयाएका चन्द्रशेखरसँगै लामो समयअघिदेखि नेपाललाइ नजीकबाट बुझेकी नेपालप्रतिको लगाव निकै गहिरो थियो । पूर्वीय संस्कृतिकी जानकार स्वराज नेपालको संस्कृतिलाइ पनि आदर सम्मान गर्ने नेताहरुमा पर्थिन, उपाध्यायले स्मरण गरे ।
(उपाध्यायसँगका फोनमा भएको कुराकानीमा आधारित)


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live