भारतीय विदेशमन्त्री स्वराज विहिबार काठमाडौं जाँदै

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआइबी संवाददाता, नयाँ दिल्ली

भारतीय विदेशमन्त्री सुषमा स्वराज विहिबारदेखि दुइ दिने नेपाल भ्रमणमा जाने निश्चित भएको छ । भारतीय विदेशमन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै विदेशमन्त्री स्वराजको नेपाल भ्रमणको औपचारिक जानकारी गराएको छ ।

नेपालमा बाम गठबन्धनले सरकार बनाउन लागेको पूर्वसन्ध्यामा स्वराजको नेपाल भ्रमण हुन लागेको हो । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता र सरकार निर्माणको प्रयास अन्तिम चरणमा पुगिरहेका बेला हुनलागेको विदेशमन्त्री स्वराजको भ्रमणलाई भारतीय पक्षले भारत र नेपालबीच नियमित उच्चस्तरीय राजनीतिक आदानप्रदानको संज्ञा दिएको छ । यो भ्रमण भारत र नेपालबीच नियमित उच्चस्तरीय राजनीतिक आदान प्रदानको परम्परालाई ध्यानमा राख्दै हुन लागेको हो’, भारतीय विदेशमन्त्रालयले विज्ञप्तीमा उल्लेख गरेको छ । ’त्यसैगरी द्विपक्षीय साझेदारी र दुवै देशबीचको सम्बन्धलाई विभिन्न क्षेत्रमा थप मजबुत बनाउन यो भ्रमणले महत्व दर्शाएको विदेशमन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

भारतीय विदेश मन्त्रालयले स्वराजको नेपाल यात्राका क्रममा राजनीतिक नेतासँग परस्पर हितका मुद्दामा वार्ता र विचार विमर्शको अवसर पनि मिल्ने अपेक्षा गरेको छ । ’यो भ्रमणले नेपाली राजनीतिक नेतृत्वसँग विचार विमर्श गर्ने अवसर मिल्नेछ, विज्ञप्तिमा उल्लेख छ । भारत र नेपालबीच रहेको पुस्तौँदेखिको मित्रता र विशेष सम्बन्धलाई थप बलियो बनाउन यो भ्रमणले अवसर प्रदान गर्नेछ ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ। स्वराज शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live