पहिलो चरणको मतदान सम्पन्न , बंगालमा सर्वाधिक ८१प्रतिशत मत खस्यो, बिहारमा सबैभन्दा कम

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपइनबिज संवाददाता,नयाँ दिल्ली
विश्वको सबैभन्दा विशाल लोकतन्त्रको चुनावी महासंग्रामको पहिलो चरणको मतदान सम्पन्न भयो ।पहिलो चरणमा विहिबार १८ राज्य तथा २ केन्द्र शासित राज्यमा ९१ सिटकालागि मतदान भएको छ । छिटफुट घटनालाइ छोडेर मतदान शान्तिपूर्ण ढंगबाट सम्पन्न भएको भारतीय निर्वाचन आयोगले जनाएको छ । आन्ध्र प्रदेशमा हिंसाका कारण तीन मानिसको मृत्यु समेत भयो । उत्तर प्रदेशमा सामान्य विवाद भएको थियो ।
कश्मिरदेखि लिएर नक्सल प्रभावित राज्य छत्तीसगढमा समेत मतदातामा भारी उत्साह देखियो । साँझ ५ बजेको तथ्याँक अनुसार पश्चिम बंगालमा सबैभन्दा अधिक ८१ प्रतिशत मतदान भएको छ । भने बिहारमा सबैभन्दा कम ५३ दशमलब ६ प्रतिशत मतदान भयो ।
कुल ९० करोड मतदाता मध्ये पहिलो चरणमा सहभागि हुने १४ करोड थिए । यस मध्ये लगभग साठी प्रतिशतले मताधिकार प्रयोग गरेका छन् । पहिलो चरणमा ९१ लोकसभा सिटकालागि कुल १हजार २सय ७९ सिटकालागि उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए ।
दोश्रो चरणकालागि १८ अप्रिलमा १३ राज्यको ९७ सिटकालागि चुनाव हुनेछ । १९ मेमा सातौं चरणमा सम्पन्न हुने लोकसभा चुनावको परिणाम भने २३ मेमा सार्वजानिक हुनेछ ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live