अर्थमन्त्री खतिवडा दिल्ली आउँदै

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआइबी संवाददाता,नयाँ दिल्ली

नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडा बुधबार दिल्ली आउँदैछन् । बुधबारदेखि हरियाणा राज्यको गुरुग्राममा शुरु हुने ‘प्रतिआतंकवाद सम्मेलन २०१८’(काउन्टर टेरोरिज्म कन्फरेन्स) मा भाग लिन उनी दिल्ली आउन लागेका हुन् । तीन दिने सो सम्मेलनको उदघाटन सत्रमा कि नोट स्पिकर(मुख्य वक्ता) को रुपमा अर्थमन्त्री खतिवडा सहभागी हुँदैछन् । उदघाटन सत्रमा गुहमन्त्री राजनाथ सिंहका साथ अर्थमन्त्री खतिवडाले मंच साझा गर्नेछन् । वाम गठबन्धनको नेतृत्वमा बनेको नयाँ सरकारका तर्फबाट भारत आउन लागेको उनी पहिलो मन्त्री हुन् । ‘अर्थमन्त्री खतिवडा बुधबार अपरान्ह दिल्ली आएर उदघाटन सत्रमा मुख्य वक्ताको रुपमा सहभागी हुने कार्यक्रम रहेको छ, नयाँ दिल्ली स्थित नेपाली दूतावासका प्रवक्ता हरि ओडारीले अन्नपूर्णलाइ जानकारी दिए । विहिबार नै फर्किने गरि आउन लागेका अर्थमन्त्रीको द्धिपक्षिय राजनीतिक भेटघाटको कार्यक्रम नरहेको उनले बताए । बधबार साँझ सम्मेलनको उदघाटन सत्र रहेको छ । अर्थमन्त्री खतिवडा बुधबार अपरान्ह दिल्ली आउने र विहिबार विहान फर्किने कार्यक्रम रहेको छ । सम्मेलनमा खतिवडाले प्रति आतकंवादका बारेमा नेपालको धारणा राख्नेछन् । सत्तारुढ भारतीय जनता पार्टी निकट थिंक ट्याँकहरुको संस्था इण्डिया फाउन्डेसनको आयोजनामा हुन लागेको सम्मेलनको चौथो संस्करणको विषय बैश्विक आतंकवादको परिवर्तित स्वरुप रहेको छ ।
नेपाल सरकारले अन्तिम समयमा गरेको निर्णय अनुरुप सम्मेलनमा सहभागी हुन अर्थमन्त्री खतिवडा आउन लागेका हुन् । सामान्तया सुरक्षा चासोका यस किसिमका कार्यक्रममा गृहमन्त्री सहभागी हुने प्रचलन रहेको छ । गत वर्ष यही कार्यक्रममा तात्कालिन गृहमन्त्री विमलेन्द्र निधी सहभागी भएका थिए । विशेष वक्ताको रुपमा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराइले कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसैगरि बुलेट एण्ड दि ब्यालेट वक्स पुस्तकका लेखक आदित्य अधिकारी समेत यो कार्यक्रममा सहभागी थिए ।
सुचना प्रविधिको तीब्र विकासले परिवर्तित आतंकवादको स्वरुप अनि विश्वकोलागि बढदै गएको चुनौतीका बारेमा सम्मेलनमा बृहत छलफल हुनेछ । शुक्रबार सम्म चल्ने सम्मेलनमा नयाँ युगमा आतंकवादको प्रवृति, विश्व आतंकबादका बौद्धिक चुनौती, वैश्विक आतंकबादको केन्द्र अफगानिस्तान पाकिस्तान , आतंकवादको राजनीति तथा आतंकवादको भविष्य विषयहरुमा छलफल हुने कार्यक्रम रहेको छ । कार्यक्रममा आतंकवादसँग जुधिरहेको विश्वका विभिन्न मुलुकबाट राजनीतिज्ञ, बौद्धिक क्षेत्रका विज्ञ, सैन्य अधिकारी , आइटी, इन्टेलिजेन्स एक्सपर्ट लगायत संचार क्षेत्रका विज्ञहरुको सहभागिता हुँदैछ । सम्मेलनमा नेपालका तर्फबाट बरिष्ठ पत्रकार युवराज घिमिरे पनि सहभागी वक्ताको रुपमा सहभागी हुने कार्यक्रम रहेको छ ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live