अर्थमन्त्री खतिवडा नयाँ दिल्लीमा , सीतारमणसँग भेटदै

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआईबि संवाददाता,नयाँ दिल्ली

नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडा बुधबार दिल्ली आएका छन् । विहिबारदेखि शुरु हुने इन्डिया इकोनोमिक समिट–२०१९(भारत आर्थिक सम्मेलन)मा भाग दिन उनी दिल्ली आएका हुन् । उनी नेपाली दूतावासमा बसेका छन् ।
विहिबार उनले आफ्ना समकक्षी भारतीय वित्त मन्त्री निर्मला सीतारमणसँग द्धिपक्षिय भेट गर्ने कार्यक्रम रहेको छ ।

शुक्रबार दिउँसोका दक्षिण एशियाली मुलुकको आर्थिक दृष्टिकोण विषयमा हुने प्यानल डिस्कसनमा भाग लिनकालागि आमन्त्रित खतिवडाले सम्मेलनको विहिबार र शुक्रबारको लगभग अधिकाँश सत्रमा भाग लिनेछन् । विहिबारदेखि शुरु हुने दुइ दिने सम्मेलनमा भाग लिन आएका अर्थमन्त्री खतिवडा शनिबार काठमाडौ फर्किने कार्यक्रम रहेको छ ।

अर्थमन्त्रीको जिम्मेबारी संभालेपछि खतिवडा दोश्रो पटक दिल्ली आएका हुन् । यस अघि इन्डिया फाउन्डेसनले १४–१६ मार्च २०१८(३०फागुन–२ चैत्र २०७४)मा आयोजना गरेको ‘प्रतिआतंकबाद सम्मेलन २०१८’मा भाग लिन एक दिनकालागि उनी दिल्ली आएका थिए । त्यसको उदघाटन सत्रमा मुख्य वक्ताको रुपमा उनले सम्बोधन गरेका थिए ।

यही अक्टोबर ३–४मा हुन लागेको सम्मेलन जेनेभा स्थित विश्व आर्थिक मंच(वल्र्ड इकोनोमिक फोरम), भारत सरकारको वाणिज्य तथा उद्योग मन्त्रालय तथा भारतीय उद्योग परिसंघ(सीआईआई)को सहकार्यमा हुन लागेको हो । ‘इनोभेटिंग फर इन्डियाः स्ट्रेन्थिंग साउथ एशिया, इम्प्याक्टिंग दि वल्र्ड’, समिटको नारा रहेको छ ।

डब्लुईएफका अनुसार यो समिटमा चारवटा विषयगत स्तम्भमा क्षेत्रीय महत्वका रणनीतिक मुद्दाहरुलाइ सम्बोधन गरिनेछ । नयाँ भुराजनीतिक यथार्थ र नयाँ सामाजिक, परिस्थिति र प्राविधिक प्रणाली । दक्षिण एशियाली मुलुक तथा आसियान सदस्य मुलुकहरुबीच समन्वय र सहकार्य अभिवृद्धि गर्न यो सम्मेलन केन्द्रित रहने बुझिएको छ ।

सम्मेलनलाइ बंगलादेशकी प्रधानमन्त्री शेख हसीना र टेनिस खेलाडी तथा दक्षिण एशियाकालागि युएन वुमन गुडविल एम्बेसेडर सानिया मिर्जाले सह अध्यक्षता गर्ने कार्यक्रम रहेको छ ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live