अर्थमन्त्रीले दिल्लीमा भने, कुनै पनि किसिमको आतकंवादी गतिविधीकालागि नेपाली भुमि प्रयोग गर्न दिदैनौ

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआइबी संवाददाता,नयाँ दिल्ली

नेपाल सरकारका अर्थमन्त्री डा.युवराज खतिवडाले कुनै पनि आतंकवादी समुहको गतिविधीकालागि नेपाली भुमिको प्रयोग हुन नदिने नेपाल सरकारको नीति रहेको बताएका छन् । हरियाणा राज्यको गुरुग्राममा आयोजित ‘प्रतिआतंकवाद सम्मेलन २०१८’ लाइ सम्बोधन गदै अर्थमन्त्री खतिवडाले नेपालको सीमा वा त्यस भन्दा बाहिर कुनै पनि आतंकवादी समुहलाइ नेपाली भुमिको प्रयोग गर्न नदिने बताएका हुन् । आतंकवादलाइ कुनै पनि प्रकारको रुचि पुरा गर्ने माध्यमको रुपमा प्रयोग गर्न दिन नहुनेमा जोड दिदैं अर्थमन्त्री खतिवडाले भने, संयुक्त राष्ट्र संघ , सार्क तथा बिमस्टेकको सदस्यको रुपमा रहेको नेपालले प्रतिआतंकवादका समर्थनमा विभिन्न अन्तराष्ट्रिय तथा क्षेत्रीय सन्धि संझौतामा हस्ताक्षर गरेको र त्यसलाइ लागु पनि गर्दै आएको छ।’

भारत प्रशासित कश्मिरको उरीमा भएको आक्रमण पछि भारत पाकिस्तानबीचको सम्बन्धमा आएको तनावले सार्कको अस्तित्व नै संकटमा परेको छ । काठमाडौंमा सम्पन्न १८औं शिखर सम्मेलन पछि पाकिस्तानमा हुने तय भएको उन्नाइसौं शिखर हाल सम्म हुन सकेको छैन् । उरीमा भएको आक्रमणमा पाकिस्तानको संलग्नता रहेको भन्दै भारतले पाकिस्तानमा २०७३ मंसीरमा हुने भनिएको सार्क बैठकमा सहभागी हुन अस्वीकार गरयो । अफगानिस्तान, भुटान र बंगलादेशले पनि भारतको समर्थन जनाउँदै बैठकमा सहभागी नहुने भनेपछि बैठक स्थगन भएको थियो । नेपाल सार्कको अध्यक्ष राष्ट्र र पाकिस्तान उन्नाइसौं शिखर सम्मेलनको आयोजक राष्ट्र रहेको छ । उन्नाइसौ सार्क सम्मेलन गराउनकालागि पहल गर्न नेपालका प्रधानमन्त्री के.पी. ओलीलाइ पाकिस्तानका प्रधानमन्त्री सहिद खकान अब्बासीले भर्खरै गरेको नेपाल भ्रमणमा आग्रह समेत गरेका छन् ।

सार्कको अस्तित्व नै ओझेलमा परिहरेको यस्तो समयमा अर्थमन्त्री खतिवडाले क्षेत्रीय आतंकवाद दमनमा नेपालले उल्लेखनीय भुमिका खलेको स्मरण गराउँदै सार्कको भुमिकाबारे थप प्रकाश पारे । आतंकवाद विरुद्ध गरिएको सामुहिक प्रयासलाइ समर्थन गर्ने सन्दर्भमा काठमाण्डौंमा सम्पन्न तेश्रो सार्क सम्मेलन उपलब्धिमुलुक भएको उनले स्मरण गरे । आतंकवादसँग जुधिरहेको विश्वका विभिन्न मुलुकका सहभागीहरुलाइ सम्बोधन गर्दै उनले भने,‘आतंकवादको दमनमा सार्क नामाकरण गरिएको काठमाडौंमा सम्पन्न तेश्रो सम्मेलनमा आतंकवाद विरुद्ध एकजुट हुने पहिलो क्षेत्रीय सामुहिक प्रयासलाइ समर्थन गर्ने सन्धिको ढाँचा बनाउन नेपालको उल्लेखनीय भुमिका रहेको थियो।’ उनले बिमस्टेकलाइ आतंकवाद विरुद्ध एकजुट भएर काम गर्न बिमस्टेक अर्को महत्वपूर्ण क्षेत्रीय प्लेटफार्म रहेको उल्लेख गरे ।

नेपालको राष्ट्रिय क्षमता तथा आतंकवाद विरुद्धको तयारीका बारेमा विश्व समुदायलाइ जानकारी गराउँदै अर्थमन्त्री खतिवडाले भने, हामीले सुरक्षाको पूर्वाधार बिस्तार गरेका छौं , प्रशिक्षित सुरक्षाकर्मीहरु बढाइएको छ, आतंकवादको रोकथामकालागि आपतकालिन अवस्थामा सुरक्षाको माँग पुरा गर्न तयार रहनेछ । सुरक्षा प्रविधीको नयाँ ढाँचामा अपडेट गरेका छौं , तिनीहरुलाइ आवश्यक अन्तराष्ट्रिय प्रदर्शन प्रदान गर्ने प्रयास गरेका छौं ।’ आतंकवादको वित्तपोषणमा अन्तराष्ट्रिय दायित्वहरुलाइ पालना गरिरहेको भन्दै अर्थमन्त्रीले भने, हामीले शंकास्पद धनको शोधन तथा आतंकवादी गतिविधिको वित्तिय जानकारी तथा अनुसंधान गर्नकालागि ए अबैधानिक पैसा तथा आतंकवादी गतिविधीको लगानी हामीले वित्तिय अनुसंधान इकाइ स्थापना गरेका छौं , मनि लन्ड्रिंग निवारण अधिनियम अन्तर्गत केन्द्रिय वित्तिय अनुसंधान इकाइ तथा एण्टी मनी लन्ड्रिंग संस्था बनाएका छौं ।

मानवताको साझा खतराको रुपमा आतंकवादलाइ परिभाषित गर्दै खतिवडाले भने,‘आतंकवादी कसैको पनि मित्र हुन सक्दैन । जबसम्म आतंकवाद रहन्छ , अन्तराष्ट्रिय विकासको लक्ष्य पुरा गर्ने सपना टाढा रहनेछ । आतंकबादसँग जुधिरहेका विश्वका विभिन्न मुलुकबाट विज्ञ तथा जानकारहरुको सहभागि रहेको सम्मेलनलाइ सम्बोधन गदै अर्थमन्त्रीले भने, विश्वबाटै आतंकवादको जरो उखेल्नकालागि हामीले कसरी साझा लक्ष्य तयार पार्छौं र त्यसलाइ कसरी लागु गर्छौं , हाम्रो भविष्य त्यसमा निर्भर गर्छ । ’

तीन दिने सम्मेलनको उदघाटन सत्रमा मुख्य वक्ता को रुपमा अर्थमन्त्री खतिवडा सहभागी भएका थिए । उदघाटन सत्रमा गुहमन्त्री राजनाथ सिंह तथा हरियाणा राज्यका मुख्यमन्त्री मनोहरलाल खट्टरका साथ अर्थमन्त्री खतिवडाले मंच साझा गरेका थिए । वाम गठबन्धनको नेतृत्वमा बनेको नयाँ सरकारका तर्फबाट भारत आएका उनी पहिलो मन्त्री हुन् । सत्तारुढ भारतीय जनता पार्टी निकट थिंक ट्याँकहरुको संस्था इण्डिया फाउन्डेसनको आयोजनामा भएको सम्मेलनको चौथो संस्करणको विषय बैश्विक आतंकवादको परिवर्तित स्वरुप रहेको छ । बुधबार दिल्ली आएका अर्थमन्त्री खतिवडा विहिबार काठमाडौं फर्किदैछन् । सम्मेलनमा नेपालका तर्फबाट बरिष्ठ पत्रकार युवराज घिमिरे वक्ताको रुपमा सहभागी छन् ।

 


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live