अन्तत मुथुट नेपाल भित्रियो

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआइबि संवाददाता,काठमाडौं

दुइ वर्षअघि नेपालको वित्तिय क्षेत्रमा लगानी बिस्तार गर्ने घोषणा गरेको भारतको मुथुट ग्रुप(रातो मुथुट)ले लगानी सम्मेलनको मन्चबाट नेपालमा गर्न लागेको लगानी बिस्तारलाइ औपचारिता दिएको छ । ग्रुपले चौधरी ग्रुप अन्तर्गतको युनाइटेड फाइनान्ससँग साझेदारी थालेको हो । लगानी सम्मेलनमा चौधरी ग्र्रुपका अध्यक्ष एमजी जर्ज र चौधरीबीच संझौतापत्रमा हस्ताक्षर भएको छ । जर्जले ४० करोड रुपैयाको लगानीको घोषणा गरे जर्जले साझेदार चौधरीलाइ सो रकम बराबरको नमुना चेक हस्तान्तरण गरे । मुथुट ग्रुपले युनाइटेड फाइनान्ससँग रणनीतिक साझेदारको रुपमा लगानी बिस्तार गरेको हो । मुथुटले युनाइटेड फाइनान्ससँग प्रतिशेयर १सय ९० रुपैयाका दरले २१लाख कित्ता शेयर खरीद गरेको छ ।
मुथुटको नेपाल प्रवेशलाइ चौधरीले गर्व गर्ने अलगानीलाइ नेपालले गर्व गर्ने अवसर भनेका छन् । नेपालमा लगानी गर्ने अवसर बनेको भन्दै मुथुटका अध्यक्ष जर्जले शुक्रबारको उदघाटन सत्रलाइ सम्बोधन गरेका थिए ।
भारतमा झण्डै १ सय ३२ वर्षको इतिहास बोकेको मुथुट समुहले सन् १८८७देखि केरलाबाट आफनो कारोबार शुरु गरेको थियो । अहिले भारतको सबै राज्यमा शाखा बिस्तार गरेर कारोबार गरिरहेको समुहको लगानि वित्तिय क्षेत्रका अलाबा शिक्षा, स्वास्थ्य शिक्षा,स्वास्थ्य, विद्युत , मिडिया, हाउजिंग , पर्यटन, सेवा क्षेत्र, भौतिक पूर्वाधार लगायतको क्षेत्रमा लगानी गरेको छ । अन्य क्षेत्रमा लगानी भएता पनि मुथुट समुह भारतमा सहज, सरल र झंझटमुक्त तरीकाले सुन धितो राखेर ऋण प्रवाहकालागि चर्चित छ । अमेरिका, बेलायत, तथा युएइ, श्रीलंकामा लगानी बिस्तार गरेको ग्रुपले नेपालमा भर्खरै लगानी बिस्तार गरेको हो ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live