नक्कली नोट तस्करीको आरोपमा दिल्लीमा एक नेपाली पक्राउ

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भारतीय संचारमाध्यमबाटः 

एनआइबि संवाददाता,नयाँ दिल्ली

दिल्ली पुलिसको विशेष टीमले जाली नोटको तस्करीमा संलग्न एक नेपाली तस्करलाइ पक्राउ गरेको छ । भारतीय संचारमाध्यमका अनुसार असलम अन्सारी नाम गरेका आरोपित यी तस्करको साथमा दुइ हजार दरका ५लाख ५० हजार भारतीय नक्कली नोट फेला परेको थियो । दाउदको अन्तराष्ट्रिय गिरोहले नक्कली नोटको कारोबार गर्दै आएको छ । भारतीय संचारमाध्यमका अनुसार विशेष टीमले अन्सारीकै माध्यमबाट दाउदको तस्कर गिरोहलाइ नै पक्रिने प्रयास गरिरहेको छ ।

पाँच वर्षदेखि तस्करीमा संलग्न रहेको आरोपित अन्सारीले पाकिस्तानबाट नेपालको बाटो हुँदै भारतमा नोट भित्रयाउने काम गरिरहेका थिए । प्रहरीका अनुसार पछिल्लो एक वर्षमा मात्रै अन्सारीले भारतमा एक करोड नोट भित्रयाइसकेको छ । डीसीपी पीके कुशवाहाका अनुसार प्रहरीलाइ नेपालको बाटो भएर भारतमा जाली नोट तस्करी हुँदैछ भन्ने सुचना प्राप्त भएको थियो । यसमा अन्तराष्ट्रिय गिरोह संलग्न रहेको उनले बताए ।

पछिल्लो चार महिनाको अथक प्रयास पछि प्रहरीले असलमलाइ पक्राउ गर्न सफल भएको हो । दुरुस्त सक्कली नोट जस्तो देखिने यी नोटहरुमा फरक छुट्टायाउन आम मानिसलाइ निकै गाह्रो पर्छ ।

नक्कली नोट नेपालमा लिएको

प्रहरीको सोधपुछमा आरोपित अंसारीले नेपालका अब्दुल रहमान, सज्जाद र शेर मोहम्मदले जाली नोट दिएको बताएका छन् । असलमले त्यसलाइ लिएर भारतको दिल्ली एनसीआरका अलाबा अन्य शहरहरुमा पुरयाउने गरेका थिए । बिहारको रक्सौलका एक तस्कर पनि यो काममा संलग्न रहेको असलमले प्रहरीलाइ जानकारी दिएका छन् । भारत सरकारले २०१६मा नोटबन्दी गरेपछि नक्कली नोटको धन्दा केहि समयकालागि स्थगित गरको र एक वर्षपछि नै फेरि सक्रिय हुन थालेको असलमले बताएका छन् ।

दुइ बाटो हुँदै भारत भित्रिन्छ नक्कली नोट 

नक्कली नोटको कारोबारमा अन्तराष्ट्रिय अपराधीको सुचिमा रहेका दाउद इब्राहिमको गिरोह संलग्न रहेको छ । यी नोट पाकिस्तानमा छापिने गरेको पक्राउ परेका अन्सारीले बताएका छन् । जाँच अधिकारीहरुलाइ असलमले बताए अनुसार पाकिस्तानबाट दुइवटा बाटो हुँदै नक्कली नोट भारतमा भित्रिने गरेको छ । पहिलो बंगलादेशको बाटो हुँदै माल्दको बाटो बाट र दोश्रो नेपालको बाटो प्रयोग गरेर विरगंज–रक्सौल बोर्डर हुँदै नक्कली नोट भारत भित्रिने गरेको छ ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live