एघार सदस्यीय कार्यसमिती चयन गर्दै पत्रकार महासंघ भारत शाखाको दोश्रो अधिवेशन सम्पन्न, महिला पत्रकारको सहभागिता शुन्य

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआइबि संवाददाता, नयाँ दिल्ली

नेपाल पत्रकार महासंघ भारत शाखाको दोश्रो महाधिवेशन सम्पन्न भएको छ । नयाँ दिल्लीमा सम्पन्न अधिवेशनले अघिल्लो नेतृत्वलाइ नै निरन्तरता दिदै सर्वसम्मत रुपमा एघार सदस्यीय कार्यसमिती चयन गरेको छ । दुइ वर्षे कार्यकालकालागि लोकेश शाहको नेतृत्वमा चयन गरिएको कार्यसमितिमा उपाध्यक्षमा देववहादुर कुँवर महासचिवमा अर्जुन खनाल ,सचिव (खुलातर्फ) देवेन्द्र केसी तथा समावेशी तर्फ धनवीर पूनः, कोषध्यक्षमा धन बहादुर बिक तथा सदस्यहरुमा इन्द्र कमल जैरु,बाबु रोक्का मगर,भेषराज पौडेल ,खुमबहादुर गुरुंग, र केशवराज पोखरेल चुनिएका छन । त्यसैगरि सल्लाहकार प्रमुख तथा सदस्यको रुपमा गोविन्द पोख्रेल र ऋषीराम अधिकारीलाइ चयन गरिएको छ ।
नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले चुनेको कार्यसमितिमा एक जना पनि महिलाको सहभागिता थिएन् । नेपाली दूतावासका तर्फबाट साँस्कृतिक काउन्सिलर होम प्रसाद लुइटेलले राजदूत निलाम्बर आचार्यले पठाएको शुभकामना सन्देश पढेर सुनाएका थिए ।
नयाँ दिल्लीको तीसहजारी स्थित महासंघको कार्यालयमा सम्पन्न अधिवेशनको सर्वसम्मत नेतृत्वकालागि शनिवारको बन्द सत्रको छलफलले टुँगो लगाएको थियो । नयाँ कार्यसमितिको पहिलो बैठकले प्रवक्ता तथा प्रान्तीय संयोजक टुँगो लगाउने तय भएको छ । पहिलो अधिवेशनमा २४ सदस्य रहेको महासंघमा दोश्रो अधिवेशन सम्म आइपुग्दा सदस्य संख्या घटेर १३ मा पुगेको छ । केहि व्यक्तिगत तथा बसाइ सराइक कारण सदस्य संख्या घटेको महासंघले बताएको छ ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live