भारतमा ई–सिगरेट प्रतिबन्ध

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआईबि संवाददाता,नयाँ दिल्ली

भारतको केन्द्रीय सरकारले मुलुकभरी विद्युतीय चुरोट (ई–सिगरेट) र हुक्कामा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विद्युतीय चुरोट र हुक्कामा प्रतिबन्ध लगाउने अध्यादेश मंजुरी दिदै यो निर्णय पारित गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको केन्द्रिय मन्त्रीपरिषद बैठकले अध्यादेश प्रस्तावलाइ पारित गरेको हो ।

मन्त्रीपरिषद निर्णयका बारेमा पत्रकारहरुलाई जानकारी दिँदै अर्थमन्त्री निर्मला सीतारमणले जनताकोे स्वास्थ्य, खासगरि युवाहरुको स्वास्थ्यकालागि हानीकारक रहेको भन्दै विद्युतीय चुरोट प्रतिवन्धको प्रस्ताव पारित गरिएको जानकारी गराइन् । सरकारको निर्णय बारे जानकारी गराउँदै सीतारमणले भनिन, ‘केन्द्रीय मन्त्रिपरिषद् बैठकले विद्युतीय चुरोट प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको छ, यस अन्तर्गत विद्युतीय चुरोट उत्पादन,बिक्री, ओसारपसार,आयात निर्यात, भण्डारण र विज्ञापन गर्न नपाइने व्यवस्था गरिएको छ,।’

यो प्रतिबन्ध उल्लंघन गरिएमा अधिकतम पाँच वर्षको जेल र तीन लाख जरिवानाको प्रावधान राखिएको छ । पहिलो पटक उल्लंघन गरिएमा एक वर्ष र एक लाख जरिवाना रहेको छ । अध्यादेश लागु भएपछि भण्डारणमा रहेका स्वंय घोषित गरेर स्थानीय प्रहरी चौकीमा बुझाउनु पर्ने सरकारले निर्णय गरेको छ । सरकारले इ–सिगरेट मुद्दामा विचार गर्नकालागि सरकारले अर्थमन्त्री सीतारमणको अध्यक्षतामा मन्त्रीहरुको समुह गठन गरेको थियो ।

धुम्रपानको विकल्पको रुपमा भारतमा इ–सिगरेटको प्रयोग बढदै गएको छ । एक सरकारी तथ्याँक अनुसार २०१९ सम्ममा भारतमा ४६० ब्राण्डका १५० बढि स्वादका विद्युतिय चुरोटहरु बिक्री हुने गरेको तथ्याँक पनि वित्तमन्त्री सीतारमणले प्र्रस्तुत गरेकी थिइन् । संयुक्त राज्य अमेरिकामा गरिएको एक अध्ययनलाई उद्धृत गर्दै अर्थमन्त्री सीतारमणले सन् २०११देखि आर्थिक वर्ष २०१५–२०१६ सम्म अमेरिकामा विद्युतीय चुरोट प्रयोगकर्ताको सख्या ९०० प्रतिशतले वृद्धि भएको बताइन् । स्कुलमा अध्ययनरत छात्रछात्राहरुमा इ सिगरेट प्रयोगकर्ता ७७ दशमलब ८ प्रतिशत र मिडल स्कुलमा ४८ दशमलब ५ प्रतिशतले बढेको आँकडा प्रस्तुत गर्दै उनले भारतमा पनि यसको प्रयोगकर्ता बढेकोमा चिन्ता व्यक्त गरिन् । ई–सिगरेटको धुँवामा निकोटिनको मात्रा बढि भएको हुँदा स्वास्थ्यामा प्रतिकुल प्रभाव पर्ने तथ्य सार्वजानिक भइसकेको छ ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live