पाकिस्तानमा ५.८ रेक्टरको भुकंप , २५ जनाको ज्यान गयो, ४०० बढि घाइते

तस्वीर साभारःइन्डिया टीभी

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआईबि संवाददाता,नयाँ दिल्ली

पाकिस्तान प्रशासित कश्मीर लगायतका इलाकामा आएको ५ दशमलब ८ रेक्टरको भुकंपमा २५ जनाले ज्यान गुमाएका छन भने ४०० जना बढि घाइते भएको पाकिस्तानी संचारमाध्यमहरुले जनाएका छन् । भुकंपले पाकिस्तान प्रशासित कश्मीरको मीरपुर जिल्ला सबैभन्दा बढि प्रभावित भएको पाकिस्तानी समाचारपत्र डनले जनाएको छ । मृतकमा एक सैनिक पनि रहेका छन् । मीरपुर, ,जाँटला,झेलमपुरका अलावा इस्लामाबाद ,रावलपिंडि,मुरी झेलम, चारसड्डा,स्वात,खैबर,अबोटाबाद,बजौर, नवशेरा,मनशेरा,बट्टाग्राम, तोरगढ तर कोतीहानमा पनि भुकंपले क्षति पुरयाएको छ । मृतकमा एक सैनिक पनि रहेका छन् । भुकंपको गहिराइ १० किलोमिटर तल रहेको थियो ।

अमेरिकी भूवैज्ञानिक सर्वेक्षण अनुसार मंगलबार साँझ ४ बजे आएको भुकंपको केन्द्रबिन्दु पंजाब प्रान्तको झेलम शहरबाट ५ किलोमिटर पर रहेको थियो यो भुकंपले झेलमबाट २२ दशमलब ३ किलोमिटर उत्तरको इलाका सम्म प्रभावित भएको छ । यो दुरीमा रहेको पंजाब र पाकिस्तान प्रशासित कश्मीरका कृषि भुमिलाइ चिरा पारेको छ । भुकंपबाट मानवीय क्षतिका साथै धनमालको पनि अत्यधिक क्षति भएको पाकिस्तानी संचारमाध्यमहरुले जनाएका छन् ।राष्ट्रिय विपद प्रबन्धन प्राधिकरण पाकिस्तानका अनुसार स्थिति नियन्त्रणमा रहेको छ र उद्धार कार्य जारी रहेको अधिकारीहरुले जानकारी गराएका छन् ।

भुकंपको झटका पाकिस्तानको राजधानी इस्लामाबाद सम्म महशुश गरिएको थियो । भुकंपबाट सबैभन्दा प्रभावित इलाका मीरपुर शहरका प्रतिनिधित्व गरेका खेल,युवा तथा संस्कृति मन्त्री मोहम्मद सईदले डनलाइ दिएको जानकारी अनुसार शहरका सबै सार्वजानिक र नीजी अस्पतालमा आपातकालको स्थिति घोषणा गरिएको छ ।
सोमबार कश्मीर मुद्दासँग सम्बन्धित कार्यक्रमकालागि सोमबार लाहौर पुगेका आजाद जम्मु कश्मीरका प्रधानमन्त्री राजा फारुक हैदर आफ्नो यात्रा छोट्याएर मीरपुर पुगे । हैदर भुकंप प्रभावितहरुको उद्धार, राहत र पूर्नवासको निगरानीकालगि पुगेको उनको कार्यालयले जनाएको छ ।

दुइ दशकमा आजाद जम्मु कश्मीरमा आएको यो दोश्रो ठूलो भुकंप हो । यस अघि २००५मा ७.६ रेक्टरको भुकंपले मुख्य रुपमा मुजफ्फराबाद, कश्मीरको उत्तरी जिल्लाका ४६ हजार बढि मानिसको ज्यान गएको थियो । समग्रमा ७३ हजार बढि मानिस मारिएका थिए । अक्टोबर २०१५मा यो क्षेत्रमा भुकंप आएको थियो तर त्यसमा त्यति मानवीय क्षति भने भएन ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live